काठमाडौं । स्मार्टफोनका लागि फाइभजीको उपयोगितामा कसैको सायदै दुई मत होला । विश्वका विभिन्न देशहरु फाइभजी सेवा सञ्चालनका लागि जुटिरहेका छन् । यसैबीच हामीले हाल घरमा , वाईफाई उपलब्ध हाम्रा घरमा यसको आवश्यकताका बारेमा कहिल्यै सोच्नु भएको छ ?
विस्तारै वाईफाई पुरानो प्रविधिका रुपमा स्थापित हुँदैछ । भविष्यको स्मार्ट होमका लागि यो अपर्याप्त हुने सम्भावना प्रबल छ । हो, यही अवस्थामा फाइभजीको आवश्यकता पर्छ ।
मोबाइल प्रयोगका लागि झैँ फाइभजी प्रविधिको आवश्यकता भविष्यको घरका लागि कसरी पर्नेछ भन्ने बारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गर्ने प्रयाश गरिएको छ ।
आफ्नो चारैतिर हेर्नुहोस् त । स्मार्टफोन, ट्याब्लेट्स र कम्प्युटरका साथै सेक्युरिटी क्यामेरा, स्पिकर, टिभी, लाइटनिङ प्रणाली लगायत हामीले विशेष ध्यान नदिने वस्तुहरुमा पनि यसको आवश्यकता उत्तिकै रहेको छ ।
गहिरिएर ध्यान नदिएतापनि विस्तारै स्मार्ट घरहरुले उपलब्ध गराउने सहजताँंग हामी अभ्यस्त हुँदै गइरहेका छौं ।
समयसँगै हरेक कुरा स्मार्टर हुँदै गइरहेका छन् । हरेक होम अप्लायन्स एक आपसमा कनेक्टेड हुँदैछन् र तिनले एकअर्कासँग सहज समन्वय गर्दै काम गरी सहजता उपलब्ध गराओस् भन्ने हाम्रो चाहना हो ।
यसले वाईफाईमाथि ठूलो बोझ थपिने निश्चित छ । फलस्वरुप न्यूनतम उत्पादन कनेक्ट गर्दापनि यसको रेस्पोन्स टाइममा ढिलाई हुने सम्भावना रहन्छ । यस्तो समयमा फाइभजीको आवश्यकता अझ बढ्ने निश्चित छ ।
फाइभजी सहितको स्मार्ट होम्स अर्थात् असिमित कनेक्शन, तीव्र गति र इन्स्ट्यान्ट रेस्पोन्स टाइम ।
बहु-उपकरणहरु एकै समयमा एकै ब्याण्डविथ्मा कनेक्ट हुँदा ईन्टरनेटको गतिमा समस्या हामी सबैले भोगेकै छौँ । अझ ब्रोडब्याण्डको गति कम हुँदा यसले अझ तनाव दिन्छ ।
फाइभजीको साथमा कथाले स्वभाविकरुपमा अर्कै मोड लिने निश्चित छ । फाइभजीले मल्टि-गिगाबाइट स्पिडका साथै, बहुसंख्यक उपकरणलाई कनेक्टिभिटी प्रदान गर्ने क्षमता बोक्नुका साथै, दर्जनौँ वा सयौँ स्मार्ट उपकरणहरु स्मार्ट होममा कनेक्ट गर्ने क्षमता राख्छ ।
स्मार्टफोन, टीभी, कम्प्युटर, ट्याब्लेट लगायत तपाईँका सबै उपकरणले एकैसाथ हाई-डेफिनेशन मुभि डाउनलोड, म्युजिक स्ट्रिम गर्ने वा ठूला अनलाईन गेम्सको मज्जा घरमा रहेका अन्य उपकरण तथा सेन्सरमा कुनै असरबिना लिन सकिन्छ ।
एआर/भीआर उपकरणहरु मार्फत हामीले भविस्यमा अझ सहजरुपमा स्मार्ट होम अनुभव लिन पाउने छौं ।
कहिलेकाहिँ केही सेकेण्डले पनि जीवनमा धेरै ठूलो असर पार्न सक्छ । उदाहरणका लागि खतराको अवस्थाका बारेमा सुईँको पाउने बित्तिकै अलार्म बज्नुपर्छ । र, धेरैजसो आपतकालीन उपकरणहरुले हामीलाई तत्काल रेस्पाेन्स दिनुपर्छ ।
फाइभजीको लो लेटेन्सिले कनेक्टेड उपकरणहरुको प्रतिक्रियाका लागि लाग्ने समयमा कटौती गराउँछ र सूचना प्रवाहमा तिब्रता प्रदान गर्छ । फाइभजीका माध्यमबाट स्मार्ट स्पिकर्स तथा घरको सेक्योरिटी प्रणाली अझ प्रतिक्रियात्मक बन्ने निश्चित छ ।
तसर्थ, लो लेटेन्सि (न्यून बिलम्बता) सहजताका लागि मात्र नभई सुरक्षा र दिमागको शान्तिका लागि पनि अपरिहार्य छ ।
पछिल्लो समयमा स्मार्ट होम्समा वाईफाई र ब्ल्यूटूथ लगायत सञ्चार प्राटोकल्सको उपायोग हुन्थे । तर, एउटा सञ्जालमा जडिट उपकरण र अन्य सञ्जालमा रहेका उपकरण एक(अर्कासंग अन्तरक्रिया गर्न असमर्थ हुन्थे ।
यसले गर्दा एकिृत स्मार्टहोम अनुभव उपलब्ध गराउन कठिनाइ हुने गरेको छ । यसको ठिक बिपरित फाइभजी सञ्जालमा कुनैपनि उपकरण सिधै कनेक्टेट हुन सक्छन् ।
साथै, समान प्रोटोकलको उपयोग गर्दै अन्य उपकरणसंग ईन्टरकनेक्टड हुँदै अन्तरक्रिया गर्ने छुट समेत प्रदान गर्छ । यसले गर्दा विस्तृत स्मार्ट होम ईकोसिस्टमको निर्माण गर्ने कार्यमा सहजता मिल्छ ।
फाइभजीले बिद्यमान तारे (वायर्ड) पुर्वाधारमा निहित हुनुपर्ने बाध्यताको पनि अन्त्य गराउँछ । यसको माध्यमबाट विकट स्थान जहाँ ब्रोडब्याण्ड लगायतका सुविधापनि उपलब्ध छैनन् , त्यस्ता स्थानमा समेत स्मार्ट होमको अत्याधुनिक प्रविधिको अनुभव लिन सकिन्छ ।
ओप्पोको फाइभजी इन्टरनेट अफ एक्स्पेरियन्स
धेरैले स्मार्ट होम लाइफस्टाइल अझै टाढाको कुरा हो भन्ने सोच्न सक्छन् । तर, ओप्पोले यस्तै विभिन्न सम्भावनालाई यथार्थमा परिनत गर्ने कार्यमा सफलता हात पारिसकेको छ । केही समयअगाडि ओप्पोले रेनो फाइभजी केन्द्रित विश्वकै पहिलो फाइभजीद्वारा सञ्चारित स्मार्ट होटलको निर्माण गरिसकेको छ ।
ओप्पो फाइभजी होटलले ६ महिनासम्म अष्ट्रेलियाका विभिन्न स्थानमा भ्रमण गर्दै यसका पाहुनालाई फाइभजी यूगको स्मार्ट लिभिङ अनुभव प्रदान गरिसकेको जानकारी दिएकाे छ ।
फाइभजी होटलमा ओप्पो रेनो फाइभजी मार्फत नियन्त्रण गर्न सकिने प्रशस्त नवप्रबर्तनात्मक तथा रोचक फाइभजी स्मार्ट होम उपकरणहरु उपलब्ध गरिएको थियो ।
पाहुनाहरुले भ्वाइस कमाण्ड मार्फत नै प्रकाश तथा ब्याकग्राउण्ड म्युजिक नियन्त्रण गर्न सक्थे । त्यसैगरी, एआर वारड्रोब मार्फत विभिन्न आउटफिट ट्राइ गर्नुका साथै, फाइभजी कनेक्टिभिटी मार्फत विना बफरिङ नेटफ्लिक्सपनि हेरेका थिए ।
ओप्पोको फाइभजी होटलले फाइभजी ईन्टरनेट अफ एक्स्पेरियन्स वास्तवमा कस्तो हुन्छ भन्ने अनुभव प्रदान गर्नुका साथै, भविस्यको स्मार्ट लिभिङ कस्तो हुन्छ भन्ने झल्को दिएको थियो ।
कनेक्शनको अवधारणा जग मात्र हो, जबकी एकिकरण र अभिसरण भविस्य हो भन्ने ओप्पोको विश्वास छ ।
इन्टरनेट अफ एकस्पेरियन्सको यूगलाई दृष्टिगत गर्दै अत्याधुनिक तथा बिस्तृत स्मार्टहोम ईकोसिस्टम निर्माण तथा विकासका लागि ओप्पोले विभिन्न स्मार्ट उपकरणहरु सार्वजनिक गर्दै आइरहेको छ ।
ब्यक्तिगत, घर, यात्रा तथा कार्य सेटिङका लागि हबका रुपमा सेवा उपलब्ध गराउने फाइभजी सीपीई सिरिज यसैको एक उदाहरण हो ।
ओप्पोले एयरबड्स, वाट्चेज्, टीभी लगायतको बृहत्त पोर्टफोलियोका साथै ओप्पो एआर, ग्लास जस्ता नवप्रवर्तनात्मक कन्सेप्ट प्रडक्ट्सको पनि निर्माण गरिसकेको जानकारी दिएकाे छ ।