close

दिपक सुवेदीले सम्हाले सञ्चार सचिवको जिम्मेवारी

टेकपाना टेकपाना

मंसिर ४, २०७६ १३:३८

दिपक सुवेदीले सम्हाले सञ्चार सचिवको जिम्मेवारी

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा दिपक सुवेदीलाई नियुक्त गरेको छ । प्रदेश नम्बर २ मा प्रमुख सचिवको रुपमा कार्यरत सुवेदीले बुधबार देखि आफ्नो पदभार सम्हालेका छन् ।

यसअघि गत कात्तिक २९ गते बसेको मन्त्रीपरिषदको बैंठकले उनलाई सञ्चार मन्त्रालयको सचीवको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा सुवेदीले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको पदभार ग्रहण गरेका हुन् ।

उनी २०४१ सालमा पहिलो पटक सरकारी सेवामा प्रवेश गरेका थिए । सुरुमा तल्लो तहको कर्मचारीको रुपमा सरकारी सेवामा प्रवेश गरेका उनी २०४७ सालमा शाखा अघिकृत भए । त्यसपछि उनले गृहमन्त्रालय, लोकसेवा आयोग र पर्यटन मन्त्रालयमा काम गरे । २०५४ उपसचिव पदमा बढुवा भएका सुवेदी त्यसपछि भौतिक निमार्ण तथा यातायात मन्त्रालय, युवा, खेलकुद तथा संस्कृती मन्त्रालय र श्रम मन्त्रालयमा उनले काम गरे। २०६६ सहचिवमा बढुवा भएपछि दुई वर्ष श्रम तथा याता व्यवस्थापन मन्त्रालयमा काम गरेका थिए भने त्यसपछिका तीन वर्ष वाणिज्य तथा आपूर्ती मन्त्रालय र एक वर्ष स्थानिय विकास मन्त्रालयमा काम गरे ।

२०७३ मा गृह मन्त्रालयमा फर्केका सुवेदी एक पछि निर्वाचन आयोगमा पुगे । निर्वाचन आयोगमा उनले तीन चरणको चुनावमा संलग्न भएका थिए । ३ मंसीर २०७५ को मन्त्रिपरिषद निर्णयबाट प्रमुख सचिवमा बढुवा भएका उनी प्रमुख सचिवको रुपमा प्रदेश दुईमा गएका थिए ।

‘आजैबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको पद ग्रहण गरेको छु,’ नव नियुक्त सचिव सुवेदीले भने, ‘यो ठाउँमा उभिएर मैले अबको दिनमा प्रविधिमैत्री समाजको निमार्णका लागि सहजीकरणको प्रयास गर्नछु ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१