काठमाडौं । नेपालले हालसम्म १२ अर्ब रूपैयाँ बराबरको अप्टिकल फाइबर केबल आयात गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग आयोजना गरेको एक अन्तर्क्रियामा नेपालले हालसम्म याे परिमाणमा फाइबर केबल भित्र्याएकाे जानकारी दिइयाे ।
त्यस्तै भन्सार विभागकाे स्राेत उल्लेख गर्दै ६ अर्ब रूपैयाँ बराबरकाे फाइबर केबल विस्तारमा प्रयोग हुने उपकरण नेपालले आयात गरिसकेको जानकारी दिइयाे । जसमा प्रत्येक वर्ष ०.५ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ ।
त्यस्तै प्रत्येक वर्ष अव्यवस्थित तारलाई व्यवस्थापन गर्न फाइबर केबलमा नेपालले एक अर्ब रूपैयाँको खर्च गर्ने गरेको जानकारी समेत साे अवसरमा दिइयाे ।
यस्तै गत र चालू आवमा फाइबर आयातमै देशले ३ अर्ब ४२ करोड रुपैयाँ खर्च गरेको देखिएको छ ।