close

निजी बिटक्वाइनलाई प्रतिबन्ध गर्दै राष्ट्रिय डिजिटल मुद्रा ल्याउने तयारीमा भारत

टेकपाना टेकपाना

माघ १८, २०७७ १४:३२

निजी बिटक्वाइनलाई प्रतिबन्ध गर्दै राष्ट्रिय डिजिटल मुद्रा ल्याउने तयारीमा भारत

काठमाडौं । भारत सरकारले बिटक्वाइन जस्ता निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्ने र राष्ट्रिय क्रिप्टोकरेन्सी बनाउने गरी नयाँ कानून ल्याउने भएकाे छ । यसका लागि चाँडै नै भारतकाे लोक सभामा विधेयक पेश गर्ने तयारी भएकाे छ ।

फेब्रुअरी १ मा प्रस्तुत हुने बजेटका लागि हाल संसदमा बजेट सत्र चलिरहेको छ । सोही सत्रमा सरकारले देशका सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्ने गरी नयाँ कानून ल्याउने तयारी गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार नयाँ विधेयकको नाम क्रिप्टोकरेन्सी एण्ड रेगुलेशन अफ अफिसियल डिजिटल करेन्सी (Cryptocurrency and Regulation of Official Digital Currency Bill) रहने छ ।

यदि यो विधेयक पास भएको खण्डमा देशभर सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गरिनेछ र भारतीय रिजर्भ बैंकले छुट्टै डिजिटल करेन्सी ल्याउनेछ ।

यसअघि सन् २०१८ मा तत्कालीन भारतीय अर्थमन्त्री अरुण जेट्लीले बिटक्वाइन र अन्य भर्चुअल मुद्राको प्रयोगमा प्रतिबन्धको प्रस्ताव गरेका थिए ।

यसकाे आधारमा भारतीय रिजर्भ बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाएको थियो । तर, केही समयअघिमात्रै सर्वोच्च अदालतले उक्त प्रतिबन्धलाई फुकुवा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१