close

पहिलोपटक डिजिटल रुपमा सार्वजनिक भयो भारतको बजेट

टेकपाना टेकपाना

माघ १९, २०७७ १४:५०

पहिलोपटक डिजिटल रुपमा सार्वजनिक भयो भारतको बजेट

काठमाडौं । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले सोमबार त्यहाँको संसदमा बजेट पेश गरेकी छन् । मन्त्री सीतारमणले भारतीय इतिहासमै पहिलो पटक पूर्णतः पेपरलेस (कागजरहित) रुपमा सार्वजनिक गरेकी हुन् । बजेट भाषण र दस्तावेज सफ्ट कपीमा अनलाइनबाटै उपलब्ध गराइएको छ ।

वित्तमन्त्री सीतारमण आफ्नो हातमा भारतमै बनेको ट्याब लिएर संसद प्रवेश गरेकी थिइन् । उनले सोही ट्याबलेटबाट बजेट प्रस्तुत गरिन् ।

जसलाई भारत सरकारले डिजिटल इण्डियाकाे सन्देशको रुपमा समेत अर्थ्याएको छ । त्यसो त कोरोना भाइरसका कारण समेत यस पटकको बजेट पूर्णतः पेपरलेस बनाइएको बताइएको छ ।

यसअघि वित्तमन्त्री सीतारमणले नै सन् २०१९ मा छालाको परम्परागत ब्रिफकेसलाई बदलेर रातो कपडामा बेरिएको बजेट किताब बोकेर संसद पुगेकी थिइन् । जुन उनको कार्यकालको पहिलो बजेट थियो ।

यस वर्षको बजेटका लागि ‘युनियन बजेट’ मोबाइल एप समेत सार्वजनिक गरिएको छ । जसमा बजेटको पूर्ण पाठ हेर्न सकिने । भारत सरकारले यो एपलाई गुगल प्ले स्टोरमा राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१