close

दुर्व्यवहार विरुद्ध लड्न विकिपीडियाले जारी गर्‍यो नयाँ आचार संहिता

टेकपाना टेकपाना

माघ २१, २०७७ २१:८

दुर्व्यवहार विरुद्ध लड्न विकिपीडियाले जारी गर्‍यो नयाँ आचार संहिता


काठमाडौं । अनलाइन शब्दकाेषका रूपमा परिचित विकिपीडियाले दुर्व्यवहार र उत्पीडन विरुद्ध लड्न नयाँ आचार संहिता जारी गरेको छ । कम्पनीले आफ्ना भाेल्युन्टर (स्वयमसेवी) का लागि विविधता, समावेशी र पहुँचलाई कायम राख्दै दुर्व्यवहार विरुद्ध लड्न आचार संहिता जारी गरेको हो ।

नयाँ आचार संहिता विकिपीडियाको अन्य परियोजना जस्तै क्राउडसोर्समा आधारित छ । जसमा १५ सय स्वयमसेवीले सहयोग गरेका छन् । सहज, छोटो र प्रयोगकर्ताको लागि स्पस्ट पारिएको उक्त आचारसंहिता १६ सय शब्दकाे छ ।

जसलाई दुई भागमा विभाजन गरिएको छ । जसमध्ये एउटा प्रयोगकर्ता, एडिटर र विकिपीडिया कर्मचारीबाट आश गरिएको सकारात्मक व्यवहार रहेको छ । जसमा आपसी सम्मान, रचनात्मक सम्पादन, अन्य स्वयमसेवीलाई बोलाउँदा प्रयोग गर्ने भाषा रहेको छ ।

साथै परियोजनामा एक अर्कालाई सहयोग गर्ने कुरालाई प्रोत्साहन गरिएको छ । दोस्रोमा अस्वीकार्य व्यवहार, जसलाई कम्पनीले निरुत्साही गर्छ । जसमा अरुलाई अपमान गर्ने, यौन दुर्व्यवहार गर्ने, धम्की दिने खालका भाषा प्रयोगलाई निरुत्साहित गरेको छ ।

मुख्यतया कुनै व्यक्तिलाई डराउने, आक्रोशित तुल्याउने, अपमान गर्ने, तोडफोड गर्ने, घृणा युक्त बोली प्रयोग गर्ने, धम्क्याउने, पक्षपातपूर्ण व्यवहार गर्ने जस्ता सामग्रीलाई विकिपीडियामा प्रतिबन्ध गरिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१