close

को हुन् बेजोसको स्थानमा अमेजनको नयाँ सीईओ बन्ने एन्डी ?

टेकपाना टेकपाना

माघ २२, २०७७ १०:३२

को हुन् बेजोसको स्थानमा अमेजनको नयाँ सीईओ बन्ने एन्डी ?

काठमाडौं । विश्वका सबैभन्दा ठूला धनाढ्य जेफ बेजोसले अब अमेजनको प्रमुख कार्यकारी निर्देशक (सीईओ) पद छोड्दैछन् । जेब बेजोस करीब तीन दशकदेखि उक्त पदमा आसिन थिए ।

कम्पनीका अन्य क्षेत्रमा ध्यान दिनका लागि बेजोसले आफ्नो पद छोड्ने भएका हुन् । सीईओको पद छोडेपछि उनी कम्पनीको कार्यकारी अध्यक्ष बन्नेछन् ।

जेफ बेजोसपछि एन्डी जेस्सीले अमेजनको सीईओको पद सम्हाल्नेछन् । जो हाल कम्पनीमा दोस्रो नम्बरमा छन् ।

अमेजनका कर्मचारीहरुलाई जेब बेजोसले कम्पनीको सीईओ पद छोड्ने जानकारी पत्रमार्फत पाए । बेजोसले आफ्नो पत्रमा लेखेका छन्, ‘अमेजनको सीईओ पदमा हुनु एउटा ठूलो जिम्मेवारी हो । जसमा निकै धेरै समय दिनुपर्ने हुन्छ । यस्तोमा कुनै अर्को काममा ध्यान दिन मुस्किल हुन पुग्छ । कार्यकारी अध्यक्ष बनेपछि म कम्पनीका अन्य कामलाई समेत हेर्न सक्नेछु ।’

पत्रमा बेजोसले स्पष्ट रुपमा भनेका छन् कि उनी रिटायर नभएर कम्पनीको अर्को काममा ध्यान दिन खोजिरहेका छन् । जस्तै कि ब्लू ओरिजिन   द वासिङ्टन पोस्ट आदिमा उनले काम गर्नेछन् । बेजोसका अनुसार ती कम्पनीमा समेत निकै धेरै संभावनाहरु छन् ।

५७ वर्षीय बेजोसले सन् १९९४ मा अमेजन सुरु गरेका थिए । त्यसताका अमेजन केवल किताब बिक्री गर्ने स्टोर थियो । तर आज २६ वर्षपछि अमेजनमा १३ लाखभन्दा बढीले काम गरिरहेका छन् ।

साथै कम्पनीले क्लाउड सर्भिस सँगसँगै प्याकेज डेलिभरी   अनलाइन भिडिओ स्ट्रिमिङ   अनलाइन शपिङ जस्ता सेवाहरु समेत दिइरहेको छ ।

को हुन् जेफ बेजोसको स्थान लिने एन्डी जेस्सी एन्डी ? 

जेस्सी हाल अमेजनको क्लाउड कम्प्युटिङ विजनेस सम्हालिरहेका छन् । बेजोसले कर्मचारीलाई लेखेको पत्रमा एन्डीको बारेमा समेत उल्लेख छ ।

उनले लेखेका छन् कि जति लामो समयदेखि उनी कम्पनीमा छन्   एन्डी पनि त्यति नै समयदेखि अमेजनमा काम गरिरहेका छन् ।

एन्डीमाथि आफूलाई पुरा भरोसा रहेको कुरा समेत बेजोसले उल्लेख गरेका छन् । उनी एक राम्रो नेतृत्व दिनसक्ने व्यक्ति हुन् ।

एन्डी अमेजनको सीईओ बन्ने कुराबाट कम्पनीका लागि क्लाउड व्यवसाय कति महत्वपूर्ण छ भन्ने कुरा समेत दर्शाउँदछ । अमेजनको सुरुवात सन् १९९४ मा भयो । एन्डी त्यसको तीन वर्षपछि अर्थात सन् १९९७ मा कम्पनीमा जोडिए । 

एन्डीले हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेका छन् । सन् १९९६ को मे २ मा एन्डीले हार्वर्ड बिजनेस स्कुलको अन्तिम परीक्षा दिए र त्यसको दुई दिन पश्चात सोमबार उनी अमेजनमा जोडिए ।

सन् २००६ मा एन्डीले अमेजन वेब सर्भिस स्थापना गरे र आज अमेजन वेब सर्भिसेजको प्रतिस्पर्धा माइक्रोसफ्ट अजुरे तथा अल्फाबेटको गुगल क्लाउडसँग छ । सन् २०१६ मा एन्डी अमेजन वेब सर्भिसको सीईओ बनेका थिए ।

तपाईंले भलै सामाजिक सञ्जाललाई धेरै प्राथमिकता दिनुहुन्छ होला । तर एन्डी जेस्सी सोसल मिडियाबाट टाढा छन् । उनी कहिले काहिँ मात्र सामाजिक सञ्जाल प्रयोग गर्दछन् ।

त्यो पनि केवल ट्वीटर । एन्डीको अधिकतर समय नयाँ नयाँ चिजको आविष्कारमा वितिरहेको हुन्छ । अमेजनमा एन्डीलाई एउटा रक स्टारको रुपमा समेत चिनिन्छ । समग्रमा भन्ने हो भने एन्डी जेफ बेजोस र एन्डी अमेजनका शिर र पुच्छर हुन् ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१