close

टेलिकमको मसिन टु मसिन डेटा सार्वजनिक, सवारी साधन ट्र्याकिङ गर्न सकिने

टेकपाना टेकपाना

माघ २२, २०७७ १५:५

टेलिकमको मसिन टु मसिन डेटा सार्वजनिक, सवारी साधन ट्र्याकिङ गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले मसिन टु मसिन डेटा र एसएमएस प्याक सार्वजनकि गरेको छ । कम्पनीले सवारी साधन ट्र्याक गर्न सकिने गरी यो नयाँ सेवा ल्याएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार यो सेवाबाट व्यावसायिक उपकरणहरुबीच डेटा आदानप्रदान गर्न सकिनेछ । जसमार्फत सवारीसाधन लगायतका उपकरणहरुको लोकेसन अपडेट गर्ने, लजिस्टिक म्यानेजमेन्ट गर्ने लगायतका कार्यहरु गर्न सकिनेछ ।

हाल विश्वव्यापी रुपमा नै वृद्धि भइरहेको यो नयाँ प्रयोग टेलिकमले बिहीबारदेखि नै नेपालमा सुरु भएको जनाएको छ । उसका अनुसार यो सेवा विभिन्न व्यवसाय तथा कार्यालयहरुका लागि उपयोगी हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१