close

एन्ड्रोइड टिभीमा पनि अब टिकटक प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

माघ २२, २०७७ १७:३१

एन्ड्रोइड टिभीमा पनि अब टिकटक प्रयोग गर्न सकिने

काठमाडौं । चर्चित भिडियो शेयरिङ प्लेटफर्म टिकटक अब एन्ड्रोइड टिभीमा समेत प्रयोग गर्न सकिने भएको छ । योसँगै टिकटक एप एन्ड्रोइड टिभीमा डाउनलोडका लागि उपलब्ध भएको छ ।

हालसम्म मोबाइलमा मात्रै उपलब्ध रहेको टिकटक अब ठूलो स्क्रिनमा समेत हेर्न सकिनेछ । यसको अर्थ ठूलो स्क्रिनमा टिकटक पहिलो पटक प्रयोग गर्न सकिने भएको भने होइन ।

यसअघि यही डिसेम्बरमा कम्पनीले सामसङसँग सम्झौता गरी सामसङका स्मार्ट टिभीमा उपलब्ध गराउँदै आएको थियो ।

तर अब कम्पनीले एन्ड्रोइडमै एप उपलब्ध गराएको हो । योसँगै जब तपाईंले टिकटक एप एन्ड्रोइड टिभीमा इन्स्टल गर्नुहुन्छ, तब तपाईंले मोबाइलमा जस्तै धरै फिचर टिभीमा पनि प्राप्त गर्नुहुनेछ ।

तपाईंले भिडियो हेर्ने, लाइक गर्ने, भिडियो सेभ गर्ने लगायतको फिचर रहेको छ । यतिसम्म कि तपाईंले क्यूआर कोड स्क्यान गरेर टिभीमा टिकटक लगइन गर्न समेत सक्नुहुनेछ ।

कम्पनीका अनुसार हाल यो फिचर परीक्षणका क्रममा रहेकाले केही प्रयोगकर्तामाझ मात्रै उपलब्ध भएको छ ।

परीक्षणबाट आएको प्रतिक्रियाको आधारमा आवश्यक सुधार गरी चाँडै सबै प्रयोगकर्तामाझ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१