काठमाडौं । विश्व प्रतिष्ठित ईकमर्स कम्पनी अमेजनको नयाँ शपिङ एप लोगोको डिजाइन प्रसिद्ध तानाशाह एडल्फ हिटलरको अनुहारजस्तै देखिएको प्रतिक्रिया आएपछि परिवर्तन गरिएको छ ।
गत जनवरीमा अमेजनले सार्वजनिक गरेको उक्त एप लोगो (आइकन) मा अमेजनको स्माइल लोगोको माथिल्लो भागमा निलो टेपको टुक्रा टालेको जस्तो देखिन्थ्यो ।
तर केही व्यक्तिहरुले उक्त टेपको टुक्रा हिटलरको टुथब्रस जुङ्गाजस्तो भएको प्रतिक्रिया दिएका थिए । त्यस्ता प्रतिक्रिया तीव्र रूपमा आउन थालेपछि अहिले कम्पनीले उक्त टेपको टुक्रालाई पट्याएको बनाएर लोगो परिवर्तन गरिदिएको छ ।
तर अमेजनले लोगोमा परिवर्तन गर्नुअघि नै केही मुलुकहरुमा पुरानै लोगोसहित प्रडक्ट परीक्षण गरिसकेको छ ।
lmao I completely missed that amazon quietly tweaked its new icon to make it look… less like hitler pic.twitter.com/Jh8UC8Yg3u