close

पुरानो फोटोलाई भिडियोमा उतार्ने एप, यसरी भइरहेको छ भाइरल

टेकपाना टेकपाना

फागुन २५, २०७७ २१:४१

पुरानो फोटोलाई भिडियोमा उतार्ने एप, यसरी भइरहेको छ भाइरल

काठमाडौं । एआईमा आधारित माईहेरिटेज एपले हालै मात्र डिप नोस्टाल्जिया फिचर सार्वजनिक गरेको छ । यो फिचरले प्रयोगकर्तालाई कुनै व्यक्ति (अथवा धेरै व्यक्ति) को फोटो अपलोड गर्ने र एल्गोरिदममार्फत त्यसको एनिमेटेड अनुहार हेर्न सकिने सुविधा दिन्छ ।

यही एपको माध्यमबाट अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले गुमाएका आफन्त तथा अन्य व्यक्तिहरुका तस्वीरलाई भिडियो बनाएर आफ्नो सम्झना मेटाइरहेका छन् । निकै भावुक देखिने यस्ता भिडियोले अहिले धरैको ध्यान तानिरहेको छ ।

ब्ल्याक एण्ड ह्वाइट तस्वीर हुने जमानामा खिचिएका आफन्त तथा परिवारका सदस्य वा वितिसकेका आफ्नाहरु तथा कुनै समयमा चर्चित व्यक्तिहरुको फोटोलाई यो एपले आँखा झिम्काउँदै यता उता हेरेको र अनुहारमा भावभंगी भरिएको देखाउँछ ।

यो फिचर सार्वजनिक भएसँगै फ्रेममा कैद भएका पुराना तस्वीरले सामाजिक सञ्जालमा भिडियोको स्वरुप ग्रहण गरेका छन् । माईहेरिटेजको एआईमा आधारित भाइरल मार्केटिङ प्लेबुकले डिपफेक प्रविधिमार्फत यस किसिमको कार्यलाई निकै सहज बनाइदिएको छ ।

कम्पनीले प्रयोगकर्ताको भावनामा खेलेर उनीहरुबाट डेटा लिएर त्यसलाई आफ्ना सःशुल्क सेवाहरुतर्फ डोर्‍याउने काम गरिरहेको आरोप पनि लागेको छ । स्मरणीय कुरा के छ भने यो कम्पनीको मूख्य व्यवसाय डीएनए टेस्ट बिक्री गर्ने हो ।

माईहेरिटेजको एपमा तपाईंले निःशुल्क रुपमा ‘डिप नोस्टाल्जिया’ प्रविधि प्रयोग गरेर तस्वीरलाई एनिमेट गर्न सक्नुहुन्छ । तर तपाईंले कम्तिमा आफूले एनिमेट गर्न चाहेको फोटोसहित एउटा ईमेल आईडी भने दिनुपर्ने हुन्छ ।

साथै कम्पनीको शर्त तथा प्रतिबन्ध र गोपनीयताको नीतिलाई समेत तपाईंले स्वीकार गर्नैपर्ने हुन्छ । यो विषयले यस अघिका वर्षमा नै विभिन्न सरोकारका विषयहरु जन्माइसकेको छ ।

उदाहरणको लागि नर्वेजियन उपभोक्ता परिषदले साइनअप गर्नका लागि जटिल प्रावधान हुननहुने भन्दै राष्ट्रिय उपभोक्ता संरक्षण तथा तथ्याङ्क सम्बन्धि निकायमा कम्पनीको रिपोर्ट बुझाएको थियो । सन् २०१८ मा माईहेरिटेज एउटा ठूलो डेटा ब्रिचको समेत सिकार भइसकेको छ ।

ती डेटाहरु पछि डार्क वेबमा बिक्रीमा राखिएको अवस्थामा फेला परेका थिए । साथै ह्याक भएका अनेकौं अकाउन्ट सम्बन्धी जानकारीहरु अन्य सेवा खपतका लागि प्रयोग गरिएका थिए ।

यो कम्पनी केही हप्ता अघि मात्र अमेरिकाको एउटा निजी फर्मले ६०० मिलियन डलरमा अधिग्रहण गरेको खबर थियो । प्रयोगकर्तालाई आफूसँग भएको डेटा सहजै उपलब्ध गराउन र यसका शर्तहरु सहजै स्वीकार गराउन ‘डिप नोस्टाल्जिया’ लाई माध्यम बनाइएकोमा कुनै सन्देह छैन ।

माई हेरिटेजको ‘डिप नोस्टाल्जिया’ फिचर निःशुल्क रुपमा उपलब्ध गराएर फोटो इन्ह्यान्समेन्ट जस्ता अन्य थुप्रै सेवाहरुतर्फ कम्पनीले खिच्ने र त्यसका लागि मासिक शुल्क समेत लिने गरेको छ । त्यसैका लागि नै तपाईंलाई केही ‘नोस्टाल्जिया’ निःशुल्क रुपमा उपलब्ध गराएको हो ।

यदि तपाईं माईहेरिटेजको डीएनए टेस्टिङको क्रश सेलिङ फण्डाका लागि लामो समयदेखि गुमाएका आफ्ना आफन्तहरुलाई एपको दाउमा लगाउन तयार हुनुभयो भने तस्वीरमा रहेको अनुहार एनिमेसन गर्ने प्रविधि तपाईंलाई पर्याप्त रुपमा प्रभावकारी लाग्नेछ ।

यसलाई नैतिकताको प्रश्नबाट मात्र नभएर व्यक्तिगत गोपनीयताका लागि महत्वपूर्ण मानिने डेटा एउटा व्यवसायिक कम्पनीलाई उपलब्ध गराउनुपर्ने तहबाट समेत आलोचना भइरहेको छ । वास्तवमा यो फेसियल एनिमेसन फिचर इजरायली कम्पनी डी-आईडीले बनाएको हो ।

कसरी गर्छ काम ?

कम्पनीले गत वर्ष मात्रै फोटो एनिमेसन प्रविधिको डेमो भिडियो सार्वजनिक गरेको थियो । यो प्रविधिबाट फोटोलाई एनिमेट गर्न ड्राइभर भिडियो प्रयोग गरिन्छ ।

ड्राइभरमा आधारित भएर तस्वीरमा रहेको फेसियल फिचर म्यापिङ गरिन्छ र ‘लाइभ पोट्रेट’ तयार हुन्छ । ‘यो ‘लाइभ पोट्रेट’ सोलुसनले स्थिर फोटोलाई गति दिएको छ । यसमा फोटो म्यापिङ गरिसकेपछि ड्राइभर भिडियोबाट एनिमेट गरिन्छ ।

ड्राइभर भिडियोको गतिलाई नक्कल गर्दै तस्वीरमा भएको सब्जेक्टको टाउको र अनुहारको भावभंगी यताउता हुन्छ,’ डी-आईडीले भनेको छ, ‘यो प्रविधि ऐतिहासिक संघसंस्था, संग्राहलय र शैक्षिक कार्यक्रममा चिरपरिचित व्यक्तित्वहरुको एनिमेसन तयार पार्ने कार्यमा प्रयोग गर्न सकिन्छ ।’

कम्पनीले एआई फेस प्लेटफर्मको हिस्साको रुपमा ‘लाइभ पोट्रेट’ उपलब्ध गराउँदै आएको छ । जसलाई थर्डपार्टीले अन्य डिप लर्निङ, कम्प्युटर भिजन र इमेज प्रोसेसिङ प्रविधिमा समेत प्रयोग गर्न सक्छन् ।

कम्पनीको ‘फेस एनोनिमाइजेसन’ फिचर पनि छ । यसको टुलले भिडियोमा भएको एउटा व्यक्तिको अनुहार अर्को व्यक्तिको अनुहारबाट प्रतिस्थापन गर्न सकिन्छ ।

त्यस्तै अर्को ‘टकिङ हेड’ फिचरले लिप सिंकिङ अर्थात अभिनेताले अडियो ट्र्याकसँगै त्यसमा भएका शब्दहरु बोलेजस्तो देखाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१