काठमाडौं । यदि सन् १९९० को दशकको पुस्ता हुनुहुन्छ भने तपाईंलाईं पक्कै पनि याद होला, घरमा रहेको ठूलो टेप । अनि ‘ए’ र ‘बी’ साइड गरी ओल्टाई पल्टाई क्यासेट राखेर गीत घन्काएको ।
लाहुरेहरु विदेशबाट फर्किंदा टेपमा त्यही क्यासेट राखेर गीत घन्काउँदै गाउँ फर्किँदाको सान बेग्लै । यो दृश्य नेपाली समाजमा पुरानो समय सम्झाउने एउटा गतिलो बिम्ब नै बनेको छ ।
त्यही क्यासेट टेपका आविष्कारक लु अटनको निधन भएको छ । उनको निधन यही ६ मार्चमा ९४ वर्षको उमेरमा आफ्नै देश नेदरल्याण्डमा भएको हो । अटन निधनको खबर उनका परिवारले ढिलो गरी यही सातामात्रै बाहिर सार्वजनिक गरेका छ ।
जुन आविष्कारले म्युजिकलाई आजको विश्वव्यापी रुप दिने कार्यको सुरुवात गरे, तिनै आविष्कारक अटनको निधनले धैरलाई आफ्नो बाल्यकालमा पुर्याएको छ । प्रयोगकर्ताहरुले आफ्ना विगतका दिनहरु सम्झिँदै सामाजिक सञ्जालमा उनलाई श्रद्धांजली व्यक्त गरिरहेका छन् ।
‘मेरो बाल्यकालको सबैभन्दा मनपर्ने क्रियाकलाप ‘टेप’ हो,’ एक जना ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘मैले टेपमा मिक्स गर्न सिकें र मैले धेरै रेडियो कार्यक्रम त्यसैमा रेकर्ड गरेको थिएँ ।’
RIP Lou Otten, inventor of the cassette tape.
— Christian Mutig (@Ductos) March 11, 2021
Tapes were among my favourite activities as a child. I felt so empowered when I learned how to create mixtapes and I recorded many radio shows that way. https://t.co/DIFCSgqD01
अर्का ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘यो अचम्मको आविष्कारकले म्युजिकलाई विश्वभर पुर्याएको छ ।’
رحيل مخترع الكاسيت الهولندي لو أوتنز، يجعلنا نقف أمام تلك اللحظة العظيمة التي تم فيها تسجيل أول شريط صوتي في العالم، خلال ستينات القرن الماضي، عبر هذا الاختراع المدهش وصلت الموسيقى لكل مكان في العالم… pic.twitter.com/Dj3IoK8DXa
— Rasmiah Alahmadi (@MsRasmiah) March 12, 2021
यतिसम्म कि एक जना ट्वीटर प्रयोगकर्ताले भनेका छन्, ‘अहिले पेन्सीललाई हेर्ने तरिका फरक भएको छ । यसका लागि लुलाई धन्यवाद । कुनै समय क्यासेट अड्किँदा पेन्सिलले घुमाएर क्यासेट चलाएको याद आउँछ ।’
सन् २०१४ मा टाइमसँग गरेको कुराकानीमा उनले सन् १९६३ मा आफूले तयार पारेको क्यासेट पहिलो पटक विश्वसामू ल्याएको बताएका थिए ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
