काठमाडौं । अहिले एपको जगतमा बिटवार्डेन एउटा उदयीमान तारा हो । निःशुल्क रूपमा प्रयाेग गर्न सकिने याे एपबाट ओपन सोर्स पासवर्ड म्यानेजमेन्ट सेवा लिन सकिन्छ ।
लास्टपासले आफ्नो निःशुल्क टायरलाई स्थगित गरेपछि बिटवार्डेनले प्रयोगकर्ताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
निःशुल्क तथा इन्क्रिप्टेड पासवर्डका लागि परिचित बिटवार्डेन अहिले सबैभन्दा धेरै फिचर भएको एपको रुपमा लोकप्रिय छ ।
अब बिटवार्डेन एपबाट टेक्स्ट म्यासेज तथा फाइल पनि आदानप्रदान गर्न सकिन्छ । यसमा बिटवार्डेनले पासवर्ड म्यानेजरमा प्रयोग गर्ने जस्तै इन्क्रिप्सन टुल प्रयोग गरेर टेक्स्ट म्यासेजहरु आदानप्रदान गर्न सकिन्छ ।
अब बिटवार्डेनको छोटो यूआरएलबाट प्रयोगकर्ताले जो कसैलाई पनि सानो अनलाइन टेक्स्ट म्यासेज पठाउन सक्नेछन् । यसरी पठाइने टेक्स्ट म्यासेज दुवैतिर इन्क्रिप्ट भएर बस्ने छ । यसलाई एक्सेस गर्न पासवर्ड प्रयोगकर्ताले सेट गर्न सक्नेछन् ।
म्यासेजलाई अटो डिलिट गर्न एक घण्टादेखि सातदिन सम्मको समय मिलाउन मिल्छ । साथै यसको एक्सपाइरी डेट ३० दिनसम्म मिलाउन सकिन्छ ।
ती म्यासेजलाई एक्सेस गर्न सक्ने अधिकतम प्रयोकगर्ता संख्या पनि निर्धारण गर्न सकिन्छ । यदि तपाईंले एउटा सेट गर्नुभयो भने तपाईंले पठाएको म्यासेज एकजनाले भन्दा धेरैले हेर्न सक्दैनन् ।