काठमाडौं । नबिल बैंकको पेमेन्ट सिस्टममा समस्या देखिने भएको छ । बैंकको डेटा सेन्टर उपकरणको अपग्रेडका कारण यस्तो समस्या सिर्जना हुन लागेको हो ।
एक सूचना जारी गर्दै बैंकले सेवा अवरुद्ध हुने समय सकेसम्म कम गर्ने प्रयास भइरहेको जनाएको छ । बैंकका अनुसार बिहीबार राति १०ः३० बजेदेखि ११ बजेसम्म सेवा प्रभावित हुनेछ ।
जसमा एटीएम, पस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदि रहेका छन् । बैंकले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।