close

नासाको नयाँ प्रमुखमा पूर्व अन्तरिक्षयात्री बिल नेल्सन

टेकपाना टेकपाना

चैत ७, २०७७ १५:१५

नासाको नयाँ प्रमुखमा पूर्व अन्तरिक्षयात्री बिल नेल्सन

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार बिल नेल्सनलाई अमेरिकी अन्तरिक्ष संस्था नासा स्पेस प्रोग्रामको प्रमुखमा नियुक्त गरेका छन् । नेल्सन पूर्व अन्तरिक्षयात्री तथा फ्लोरिडाका भूतपूर्व सिनेटर हुन् ।

स्पेस एजेन्सीका पूर्व प्रमुख जिम ब्रिडेन्सटाइनले आफ्नो पदबाट राजीनामा दिएको दुई महिनापछि नेल्सन नयाँ प्रमुखका रुपमा नियुक्त भएका हुन् ।

तर नासाको पद सम्हाल्नुअघि नेल्सनले अमेरिकी सिनेटबाट अनुमोदन लिनुपर्नेछ । नेल्सन सन् १९८६ मा नासाको २४ औं स्पेस सटल मिसनका सदस्य थिए ।

उनले ६ दिनको अवधिमा ९८ पटक पृथ्वीको परिक्रमा गरेका थिए । सांसद पदमा रहँदा उनले अन्तरिक्ष तथा विज्ञानसम्बन्धी धेरै वटा उपसमितिहरुमा पनि भूमिका निभाइसकेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१