close

सार्वजनिक हुनुअघि नै २० लाखभन्दा बढीले गरे वनप्लस ९ को प्रिबुकिङ

टेकपाना टेकपाना

चैत ७, २०७७ २२:५२

सार्वजनिक हुनुअघि नै २० लाखभन्दा बढीले गरे वनप्लस ९ को प्रिबुकिङ

काठमाडौं । वनप्लस नाइन सिरिजका स्मार्टफोन सार्वजनिक हुन अझै तीन दिन बाँकी छ । तर सार्वजनिक हुनु अघि नै वनप्लसको फ्ल्यागशिप सिरिज वनप्लस नाइनले विश्वभरका प्रयोगकर्ताको ध्यान खिचेको छ ।

चीनमा वनप्लस नाइनको यतिधेरै क्रेज छ कि सार्वजनिक हुनु अघि नै २० लाखभन्दा बढीको प्रिअर्डर जुटिसकेको छ । यसको अर्थ २० लाखभन्दा बढीले यसका लागि बुकिङ गराइसकेका छन् ।

यही २३ मार्चमा विश्वभर वनप्लस नाइनका स्मार्टफोन सार्वजनिक हुँदैछन् । चीनमा भने यी मोबाइल २४ मार्चका दिन सार्वजनिक हुनेछन् ।

केही देशमा वनप्लस नाइनको लाइट भर्सन अर्थात सस्तो भेरियन्ट वनप्लस नाइन आर समेत सार्वजनिक हुनेछ । वनप्लस नाइन सिरजिका मोबाइलसँगै कम्पनीले आफ्नो पहिलो स्मार्टवाच वनप्लस वाच समेत सार्वजनिक गर्दैछ ।

शनिबार वनप्लस चाइनाको एक पोस्टरमा चीनमा सबै रिटेल च्यानलबाट २० लाखभन्दा बढी प्रयोगकर्ताले वनप्लस नाइन सिरिजका मोबाइलका लागि रिजर्भेसन गराएका छन् । यो कम्पनीका कुनै पनि सिरिजका स्मार्टफोनको तुलनामा ठूलो रेकर्ड हो ।

आफ्ना उत्पादनमा पछिल्ला र शक्तिशाली फिचर समावेश गर्नेमा अगाडि रहेको वनप्लसले अपकमिङ स्मार्टफोन वनप्लस नाइन सिरिजका मोबाइलमा विशेष किसिमको क्यामेरा दिन जर्मन क्यामेरा उत्पादक ह्यासलब्लाडसँग सहकार्य गरेको छ ।

यस्तो छ स्मार्टफोनको फिचर

वनप्लस नाइन सिरिजमा वनप्लस नाइन, वन प्लस नाइन प्रो र वनप्लस नाइन आर स्मार्टफोनहरु बजारमा आउनेछन् । वनप्लस नाइनमा ६.५५ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट, क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर, ४५०० एमएएच ब्याट्री, ६५ वाट फास्ट चार्जिङ, ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा सहित क्वाड क्यामेरा सेटअप सहितका विशेष फिचर रहेका छन् ।

वनप्लस ९ प्रोमा ६.७ इन्चको क्यूएचडी प्लस कर्भ्ड एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट, ४८ मेगापिक्सेल प्राइमरी सेन्सर सहित क्वाड क्यामेरा, क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर र ४५०० एमएएच ब्याट्री सहित फास्ट चार्जिङको फिचर हुनेछ ।

यसैगरी वनप्लस नाइन सिरिजको सबैभन्दा सस्तो फोन वनप्लस नाइन आरमा ६.६५ इञ्चको एमोलेड डिस्प्ले, क्वालकम स्नापड्रागन ८६५ प्रोसेसर, फास्ट चार्जिङ सहित ४५०० एमएएच ब्याट्री र ४८ मेगापिक्सेल प्राइमरी सेन्सर सहित चार क्यामेराको सेटअप हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१