close

६२ प्रतिशतले बढ्यो रेन्समवेयर आक्रमण

टेकपाना टेकपाना

चैत ८, २०७७ १०:२५

६२ प्रतिशतले बढ्यो रेन्समवेयर आक्रमण

रिपोर्टमा कोभिड १९ ले निकै शक्तिशाली र आक्रामक हमलाका लागि पर्याप्त अवसर ह्याकरलाई दिएको रिपोर्टमा उल्लेख छ । कोनरले साइबर अपराधीले जब निशानामा आक्रमण गर्नका लागि छनौट गर्दछन् तब उनीहरुका लागि कुनै प्रकारको आचार संहिता हुँदैन । निश्कर्षबाटै थाहा हुन्छ कि विश्वभर रेयानसमवेयर आक्रमण ६२ प्रतिशतले बृद्धि भएको छ । जसमा सबैभन्दा बढी उत्तरी अमेरिकामा १५८ प्रतिशतको बृद्धि भएको छ ।

सोनिकवालका अध्यक्ष तथा सीईओ बिल कोनरले साइबर अपराध गर्नेहरुका लागि सन् २०२० को वर्ष सबैभन्दा राम्रो समय रहेको बताए । ‘गएको वर्ष साइबर हतियारका लागि दौड चलिरह्यो । महामारीले रिमोट वर्किङका साथै राजनीतिक वातावरण, क्रिप्टोकरेन्सीको मूल्य, क्लाउड स्टोरजेर टुल्स सबैमा साइबर आक्रमणलाई नयाँ उचाइमा पहुँच दिए ।’

अगस्ट २०१८ मा पहिलो पटक रियुक (Ryuk) नामक रेयानसमवेयर आक्रमणको पहिचान गरिएको थियो । यो उत्तरी अमेरिका, यूरोप तथा एसियाभन्दा बाहिर जनवरी २०२० सम्म देखिएको थिएन। त्यही समयमा रियुक फैलिन सुरु भयो । अन्ततः शीर्ष स्थानमा रहेको सेबर रेनसमवेयरलाई समेत यसले पछाडि पार्‍यो । रिपोर्टमा भनिएको छ कि विश्वभरमा १०९.९ मिलियन (१० करोडभन्दा बढी) मामिलाका साथ रियुकलाई हरेक ८ सेकेन्डमा लग गरिएको थियो ।

अनुसन्धानबाट यो कुरा पनि थाहा हुन आएको छ कि फुल टाइम वर्क फ्रम होम काम गर्ने कर्मचारीलाई सोझै यस्तो लिङ्क पठाइयो, जुन उनीहरुको अफिसियल फाइल तथा पीडीएफसँग जोडिएको थियो । साथै फिसिङ यूआरएलको समेत प्रयोग गरिएको थियो । सन् २०२० मा मालिसियस अफिस फाइलमा ६७ प्रतिशतको बृद्धि भएको पाइएको छ ।

रिपोर्टमा सन् २०२० मा क्रिप्टोज्याकिङले ८१.९ मिलियन (८.१९) हिटका साथ नयाँ रेकर्ड बनाएको उल्लेख छ । जुन अघिल्लो वर्षको ६४.१ मिलियन (६.४१ करोड) का साथ २८ प्रतिशतभन्दा बढी रह्यो । ह्याकरले क्रिप्टोजेनमार्फत इन्टरनेट सर्भर, कुनै पर्सनल कम्प्युटर वा कुनै स्मार्टफोन प्रयोगकर्तालाई जालमा पार्दछन् । ता कि क्रिप्टोकरेन्सीको माइनिङका लागि मालवेयर राख्न सकियोस् । यस किसिमको माइनिङका लागि हजारौं प्रोसेसरलाई जोडिन्छ । ता कि क्रिप्टोकरेन्सीको माइनिङको प्रक्रियाका लागि कम्प्युटिङ पावर बढाउन सकियोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१