close

अल्ट्रा फास्ट इन्टरनेट उपलब्ध गराउन तयारी थाल्दै बेलायत

टेकपाना टेकपाना

चैत ८, २०७७ १४:४८

अल्ट्रा फास्ट इन्टरनेट उपलब्ध गराउन तयारी थाल्दै बेलायत

काठमाडौं । बेलायत सरकारले दुर्गम इलाकामा अल्ट्रा फास्ट ब्रोडब्याण्ड सेवा पुर्‍याउने भएकाे छ । यसअघि २०२५ सम्म सरकारले प्रत्येक घरमा गिगाबिट स्पिडको ब्रोडब्याण्ड रोलआउट गर्ने बाचा गरेको थियो ।

तर गत नोभेम्बरमा उसले कुल ८५ प्रतिशत घरमा मात्र कभरेज पुर्‍याउने भन्दै आफ्नो योजनाको आकारलाई घटाएको थियो ।

तर ५ अर्ब पाउण्ड बजेटको उक्त योजनामा सरकारले २०२४ सम्म एक अर्ब २० करोड पाउण्डमात्र उपलब्ध गराउने भएको छ ।

सरकारले २०२२ देखि पूर्वाधार निर्माणको काम सुरु गर्ने बताएको छ । उक्त योजनाबाट लाभान्वित हुने पहिलो भूभाग भनेको क्याब्रिज शायर, कोर्नवाल, कुमब्रिया, डोर्सेट, डूर्हाम, ईसेक्स, साउथ टाइनिसाइड र टेस भ्याल्लीका घर तथा व्यवसायिक गृहरु रहने छन् ।

उक्त गिगाबिट क्षमताको फाइबर नेटवर्क २०२५ को अन्त्यसम्म परियोजना क्षेत्रको ७० प्रतिशत भूभागमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बोरिस जन्सनले उक्त गिगाबाइट प्रोजेक्टलाई रकेट बुस्ट भन्दै त्यस किसिमकाे तीव्र गतिको ब्रोडब्याण्ड देशको हरेक क्षेत्रमा पुग्नुपर्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१