close

साओमी लगातार नाफामा

टेकपाना टेकपाना

चैत १२, २०७७ १५:१२

साओमी लगातार नाफामा

काठमाडौं । पछिल्लाे समय ह्वावेको बजार हिस्सा निरन्तर खस्किरहेकाे छ । यसकाे फाइदा निकटतम प्रतिस्पर्धी साओमीले पाइरहेकाे छ । उसले २०२० काे अन्तिम त्रैमासमा नाफा ३७ प्रतिशतले वृद्धि भएको बताएको छ ।

कम्पनीले साे अवधिमा तीन अर्ब २० करोड यूआन अर्थात् ५७ अर्ब रूपैयाँकाे हारहारीमा आम्दानी गरेको थियो । कम्पनीभित्रका आर्थिक विश्लेषकहरुले सो अवधिमा दुई अर्ब ८९ करोड यूआन कुल आम्दानी हुने आँकलन गरेका थिए ।

तर कम्पनीको कुल आम्दानी २५ प्रतिशतले बढेर ७० अर्ब ५० करोड यूआन पुगेको हङकङ स्टक एक्सचेन्जको फाइलिङमा उल्लेख छ । याे अघिल्लाे वर्षकाे तुलनामा ३७.७ प्रतिशतले बढी हाे ।

२०२० को अन्तिम तीन महिनामा साओमी स्मार्टफोनको शिपमेन्ट ३२ प्रतिशतले बढेको थियो । ह्वावेको बजार खुम्चिएपछि उसको बजार हिस्सालाई साओमीले ओगट्न सफल भएको हो । अमेरिकी प्रतिबन्धको कारण ह्वावेको शिपमेन्ट ४० प्रतिशतले घटेको थियो ।

गत डिसेम्बरको विदा सिजनमा विश्वभर शिपमेन्ट भएका १० फोनमध्ये एकभन्दा धेरै साओमीका मोडलहरु थिए । अनुसन्धान संस्था इन्टरनेश्नल डेटा कर्पको अनुसार एप्पल र सामसङ पछाडि साओमी रहेको थियो ।

तर आगामी समयमा हुनसक्ने साओमीको सम्भावित वृद्धिलाई सेमिकण्डक्टर (चिप्स) जस्ता महत्वपूर्ण उपकरणको अभावले प्रभावित पार्नसक्ने कम्पनीका अधिकारीहरूले बताएका छन् ।

कम्पनीको आय सार्वजनिक समारोहमा बोल्दै साओमीका अध्यक्ष वाङ जियाङले यस वर्ष तथा आगामी वर्षमा चिपको अभाव प्रमुख चुनौती हुने बताएका छन् ।

तर चिपको आपूर्तिमा समस्या आउन नदिन आफूहरुले साझेदार कम्पनीहरुसँग काम गरिरहेको र आशावादी रहन उनले आश्वासन दिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१