close

मंगल ग्रह मिसनमा धेरै मानिस मर्नसक्ने एलन मस्कको अनुमान

टेकपाना टेकपाना

बैशाख ११, २०७८ १२:३४

मंगल ग्रह मिसनमा धेरै मानिस मर्नसक्ने एलन मस्कको अनुमान

काठमाडौै । स्पेसएक्सका मालिक एलन मस्कले मंगल ग्रहको मिसनमा धेरै मानिसहरु मर्नसक्ने सम्भावना रहेको बताएका छन् । इन्टडिपेन्डेन्ट मिडियासँगको एक अन्तरवार्तामा मस्कले त्यस्तो बताएका हुन् ।

उनले यो यात्रा कठिन, जोखिमपूर्ण र लामो हुने भन्दै ‘मिसनमा जाने यात्रीहरु फर्केर आउन नसक्ने अवस्था बन्न पनि सक्ने बताएका छन् । यद्यपि उनले यसलाई  गौरवपूर्ण ‘एडभेन्चर’ भन्दै यात्रामा जाने अन्तरिक्षयात्रीहरुले अद्भूत अनुभव बटुल्नसक्ने बताए । 

हाल मंगल ग्रह मिसनका लागि स्पेसएक्सले स्टारसिप तयार गरेको छ, जसको सहयोगबाट कम्पनीले मंगलग्रहमा पुगेर अनुसन्धान गर्ने उद्देश्य लिएको छ । यो दशकको अन्त्यअगाडि नै मंगल ग्रह मिसन पुरा गर्ने कम्पनीको अपेक्षा छ ।

यसअघि नासाले मंगल ग्रहमा उतारेको यानले एउटा उपकरणको प्रयोग गरी मंगल ग्रहको सतहबाट अक्सिजन उत्पादन गरिसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१