close

प्ले स्टोरमा एप इन्स्टल प्रक्रिया अब छिटो हुने, यस्तो छ नयाँ फिचर

टेकपाना टेकपाना

बैशाख ११, २०७८ १७:९

प्ले स्टोरमा एप इन्स्टल प्रक्रिया अब छिटो हुने, यस्तो छ नयाँ फिचर

काठमाडौं । प्ले स्टोरबाट एप डाउनलोडको गतिलाई बढाउन गुगलले नयाँ टुल ल्याएको छ । एप डाउनलोड गर्दा धेरै डेटा खपत हुने र धेरै समय लाग्ने समस्यासँग जुध्न गुगलले एप्पल बण्डल्स नामको टूल ल्याएको हो ।

एप्पल बण्डल वास्तवमा एउटा सिस्टम हो, जसले फरक डिभाइस कन्फिग्रेसनहरुका लागि विभिन्न भर्सनका एप निर्माण गर्न डेभलपरहरुलाई सहयोग गर्दछ । यति भएपछि प्ले स्टोरले प्रयोगकर्ताको फोन सुहाउँदो एपीके डाउनलोड गर्न सहयोग गर्दछ ।

साथै गुगलले ‘एप इन्स्टल अप्टिमाइजेसन’ पनि ल्याएर आफ्नो सेवा परिस्कृत गरेकाे छ । यसले एप प्रारम्भमा खुल्दा त्यसको कुन भाग प्रयोग हुन्छ र कुन प्रयोग हुँदैन भन्ने कुराको अध्ययन गरी अपडेट तथा एप लन्च प्रक्रियालाई सुधार गर्न डेटाको प्रयोग गर्दछ ।

उदाहरणका लागि यदि तपाईं इन्स्टाग्राम डाउनलोड गरी सुरुको दश मिनेट प्रोफाइल सेटअप गर्न र साथीहरु खोज्न बिताउनुहुन्छ र अधिकांश प्रयोगकर्ताले पनि यस्तै गर्छन् भने प्ले स्टोरले सुरुमा एपका ती भागलाई डाउनलोड गरिदिन्छ । जसले गर्दा तपाईंले एप सिङ्गै डाउनलोड हुन कुरेर बसिरहनु पर्दैन ।

यी डेटा डिभाइसको रिसोर्स म्यानेजमेन्टलाई सुधार गर्न प्रयोग गर्न सकिन्छ ।  हाल एप अप्टिमाइजेस प्ले स्टोरमा उपलब्ध छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१