close

अक्सिजन प्लान्ट मर्मत गर्न आविष्कार केन्द्रलाई गेट्स फाउन्डेसनका उपनिर्देशकको सहयोग

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १३:२

अक्सिजन प्लान्ट मर्मत गर्न आविष्कार केन्द्रलाई गेट्स फाउन्डेसनका उपनिर्देशकको सहयोग

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई बिलगेट्सको परोपकारी संस्था बिल एन्ड मेलिन्डा फाउन्डेसनका उपनिर्देशक डा रोशनराज श्रेष्ठले सहयोग रकम उपलब्ध गराउने भएका छन् । अक्सिजन प्लान्ट मर्मत गर्ने केन्द्रको कार्यको प्रसंसा गर्दै उनले ५ लाख रुपैयाँ नगद सहयोग गर्ने भएको हुन् ।

वातावरण तथा सार्वजनिक स्वास्थ्य संगठन (ईएनपीएचओ) का कार्यकारी निर्देशक भावना शर्मामार्फत उक्त रकम सोमबार राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समयमा भारतले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको चर्को अभाव सामना गरिरहेको छ । त्यस्तै समस्या क्रमशः नेपालमा समेत निम्तिन सुरु भइसकेको छ ।

यस्तो पृष्ठभूमिमा राष्ट्रिय आविष्कार केन्द्रले नेपालका अस्पतालमा बिग्रेका अक्सिजन प्लान्ट तथा मर्मत सम्भारमा अग्रसरता देखाएको हो । केन्द्रले विभिन्न हस्पिटल भिजिट गर्दै अक्सिजन प्लान्ट मर्मतको काम गरिरहेको छ ।

प्राप्त जानकारी अनुसार केन्द्रले हाल बीर अस्पताल, टिचिङ अस्पताल र आर्मी अस्पतालका अक्सिन प्लान्ट मर्मतको काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१