close

विश्वभर माइक्रोसफ्ट टिम्स डाउन

टेकपाना टेकपाना

बैशाख १४, २०७८ १७:२७

विश्वभर माइक्रोसफ्ट टिम्स डाउन

काठमाडौं । विश्वव्यापी रुपमा माइक्रोसफ्टको सर्भिस डाउन भएको छ । जसमा माइक्रोसफ्ट टिम्स र माइक्रोसफ्ट अफिस ३६५ डाउन भएको हो । यो विषयमा कम्पनी आफैंले पनि जानकारी गराएको छ ।

‘हामी समस्यामाथि अध्ययन गरिरहेका छौं,’ कम्पनीले भनेको छ, ‘यो समस्या विशेषगरी युरोप र एसियामा देखिएको छ । यसले विश्वव्यापी रुपमै प्रयोगकर्तालाई असर परिरहेको छ ।’

डाउन डाइरेक्टरको अनुसार यो समस्या नेपाली समयअनुसार आज ४ः१५ बाट सुरु भएको हो । यो समस्याले अन्य माइक्रोसफ्ट प्रडक्टमा भने कुनै असर परेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१