close

मापदण्ड पुरा नगरे क्रिप्टो कारोबार बन्द हुने

टेकपाना टेकपाना

बैशाख १७, २०७८ २१:५०

मापदण्ड पुरा नगरे क्रिप्टो कारोबार बन्द हुने

काठमाडौं ।  दक्षिण कोरियामा दुई सयभन्दा माथि सबै किसिमका क्रिप्टो आदान-प्रदान आगामी सेप्टेम्बरबाट रोक लगाइने भएकाे छ । गत हप्ता राष्ट्रिय सभाको राजनीतिक मामिला समितिको बैठकमा बोल्दै देशको वित्तीय सेवा आयोगका प्रमुख ईउन सुङ सोले त्यस्तो बताएका हुन् ।

दक्षिण कोरियाले गत वर्ष क्रिप्टोकरेन्सीलाई समेटेर आफ्नो एन्टी मनी लण्डरिङ तथा फाइनान्सियल रिपोर्टिङको कानूनलाई संशाेधन गरेको थियो । डिजिटल सम्पत्तिबाट अवैधानिक गतिविधिमा हुने फण्डिङका प्रयासलाई रोक्न दक्षिण कोरियाले उक्त संशाेधन गरेको हो ।

साथै सरकारले क्रिप्टोकरेन्सी अन्य सम्पत्तिभन्दा धेरै जोखिमपूर्ण र शंकास्पद हुने बताएको छ । नयाँ नियमनअन्तर्गत क्रिप्टो एक्सचेन्जलाई भर्चअुल एसेट सेवाप्रदायकको रुपमा अनिवार्य दर्ता गर्नुका साथै अन्य विभिन्न मापदण्ड पुरा गर्नुपर्नेछ ।

जसमा एन्टी मनी लण्डरिङको रणनीति, स्थानीय बैंकहरुसँगको साझेदारी, इन्फर्मेसन म्यानेजमेन्ट शर्टिफाइड तथा सेवाग्रााहीको वास्तविक नाम ट्रयाक गर्न सक्ने सबै मापदण्डहरु रहने छन् ।

नयाँ नियमलाई कार्यान्वयन गर्न गत मार्च २५ देखि निवेदनद्वार खुला गरेपछि हालसम्म कुनै पनि किसिमको क्रिप्टो एक्सचेन्ज सब्मिट नभएको ती प्रमुख अधिकारी ईउनले बताएका छन् ।

दक्षिण कोरियामा अब क्रिप्टो कारोबार गर्न चाहनेहरुले २४ सेप्टेम्बरभित्रमा अनुमोदन हासिल गरी सक्नुपर्ने अनिवार्य व्यवस्था भएको ईउनले बताए ।

नयाँ नियमको घोषणा भएसँगै दक्षिण कोरियामा क्रिप्टो उद्योग दबाबमा परेको छ । हाल विभिन्न चार ठूला क्रिप्टो एक्सचेन्जहरुको स्थानीय बैंकसँग साझेदारीसँगै अन्य मापदण्ड पनि पुरा गरेको अवस्था छ ।

तर सेवाग्राहीहरुको वास्तविक नाम पत्ता लगाउने काम भने पुरा गर्न धेरै अप्ठ्यारो छ । वास्तवमा क्रिप्टो कारोबार गर्नलाई प्रोत्साहित गर्ने गोपनियताको प्रमूख आकर्षक गुणलाई नै यो नयाँ कानुनले धरापमा पारिदिएको छ ।

दक्षिण एसियामा क्रिप्टो बजार लगातार बढ्ने क्रममा छ । साथै बितेका केही वर्षयता यसले निकै ठूलो लोकप्रियता समेत हासिल गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१