close

क्लाउड प्रविधिसहित ह्वावेका ६ आधुनिक प्रडक्ट सार्वजनिक

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १०:४७

क्लाउड प्रविधिसहित ह्वावेका ६ आधुनिक प्रडक्ट सार्वजनिक

काठमाडौं । ह्वावेले क्लाउडलाई सुपरचार्ज तथा व्यवसायको इन्टेलिजेन्ट रुपान्तरणमा सहयोग पुर्‍याउन ६ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले हालै सम्पन्न गरेको आफ्नो ह्वावे डेभलपर कन्फ्रेन्स २०२१ अर्थात् एचडीसीमा ती उत्पादनको घोषणा गरेको हो ।

यसमा ह्वावे क्लाउड सीसीई टर्बो क्लाउड कन्टेनर क्लस्टर, क्लाउड आईडीई इन्टेलिजेन्ट प्रोग्रामिङ असिस्टेन्ट, गज डीबी डेटाबेस (ओपन गजका लागि), ट्रस्टेड इन्टेलिजेन्ट कम्प्युटिङ सर्भिस टीआईसीएस, पाङ्गु मोडल (जसमा विश्वको सबैभन्दा ठूलो चिनियाँ एनएलपी मोडल र सीभी मोडल छन्) र विविध किसिमका कम्प्युटिङका लागि पूर्वाधार सफ्टवेयर रहेका छन् ।

यी ६ उत्पादनले गुणस्तरीयता र दक्षताको नयाँ स्तरसँगै डेभलपरलाई नयाँ आयामतिर अगाडि बढ्न मद्दत गर्ने जनाइएकाे छ ।

यसबाहेक ह्वावेले यसैवर्ष आफ्नो ह्वावे डेभलपर प्रोग्राम २.० मा २२ करोड अमेरिकी डलर लगानीको घोषणा गरेको छ । यसले ह्वावे क्लाउडको इकोसिस्टमलाई बलियो बनाउन पर्याप्त मद्दत उपलब्ध गराउने ह्वावेको भनाइ छ ।

चीनको सेन्जेन सहरमा आयोजना भएको तीन दिवसीय उक्त सम्मेलनमा ह्वावेका कार्यकारी निर्देशक रिचर्ड यूले क्लाउड आईसीटी उद्योगको भविष्य र उद्यमीहरुको डिजिटल रुपान्तरणको जग भएको बताएका थिए । साथै उनले डेभलपरहरु यो उद्योगको आत्मा समेत भएको उल्लेख गरेका थिए ।

कम्पनीले हाल सार्वजनिक गरेका यी ६ उत्पादित सेवाहरुले कम्पनीको एप्लिकेसन मोर्डनाइजेसन, डेटा एसिटिजेसन र एआई औद्याेगिक विकासको प्रक्रियालाई थप राम्रो बनाउन सहयोग पुर्‍याउने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१