टेकपाना
बैशाख ३१, २०७८ ९:१६
काठमाडाैं । नेपाल टेलिकमले एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डेटा उपलब्ध गराउने भएकाे छ ।
यसअन्तर्गत रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा ५०० एमबी डेटा उपलब्ध गराइने छ र सो डेटा २ दिनभित्र प्रयोग गर्न सकिने छ ।
यसैगरी रु. ५०० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डेटा उपलब्ध गराइने छ र सो डेटा ४ दिन भित्र प्रयोग गर्न सकिने छ ।
देशभर जारी निषेधाज्ञाका कारण सर्वसाधारणले घरमै बसी अनलाइन भुक्तानी सेवा प्रदायकका माध्यमबाट रिचार्ज गर्दा टेलिकमले बाेनस दिने निर्णय गरेकाे हाे ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४