close

साओमीको नयाँ फोनको डिजाइन, जसमा हुनेछ अगाडि र पछाडि एउटै क्यामेरा

टेकपाना टेकपाना

बैशाख ३१, २०७८ १७:४६

साओमीको नयाँ फोनको डिजाइन, जसमा हुनेछ अगाडि र पछाडि एउटै क्यामेरा

काठमाडौं । साओमीले हालै नयाँ क्यामेरा फोन प्रविधिको प्याटेन्ट अधिकार लिएको छ । यसअन्तर्गत क्यामेरा फोनको डिस्प्ले मुनी बस्दछ भने फोनको रियर क्यामेरा घुमेर सेल्फी क्यामेराको रुपमा समेत काम गर्न सक्छ ।

साओमीले हालसम्म प्रशस्तै अण्डरस्क्रिन क्यामेराको प्याटेन्ट अधिकार लिइसकेको छ । तर यस प्रविधिलाई प्रयोग गरेर साओमीले निर्माण गरेको पहिलो कन्जुमर प्रडक्ट भने यसै वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो फाेन एउटा ठूलो क्यामेरा सिस्टममा आधारित हुनेछ । यसमा धेरैवटा लेन्सहरु राखिएका हुन्छन् । चुम्बकीय वा मोटोराइज्ड ड्राइभ मोड्युल र एउटा प्रोसेसरको प्रयोग गरी रियर क्यामेरा आफू भएको ठाउँबाट घुमेर सेल्फी क्यामेराको रुपमा काम गर्दछ ।

यति भएपछि क्यामेरालाई छोपेको डिस्प्लेको हिस्सा डिसेबल भई क्यामेराभित्र पर्याप्त प्रकाश फ्याँक्दछ ।

त्यसो त हामीले यसअघि पनि धेरैवटा रोटेटिङ क्यामेरा देखेका छौं, तर साओमीको यो प्रविधिमा जसरी क्यामेरा डिस्प्लेकै मुनी लुकेर बसेको हुन्छ ,यसले क्यामेरालाई फोहोर र धुलोबाट जोगाउँछ ।

वास्तवमा सामसङ ग्यालेक्सी फोल्ड मोडलको हिन्जमा समस्या आउनुको पछाडि यो प्रविधि पनि एउटा कारक थियो । तर पछिल्लो समय साओमीले यसलाई थप अत्याधुनिक र परिस्कृत रुपमा ल्याएको छ ।

यो पछिल्लो प्याटेन्टले अतिरिक्त ट्वीस्ट पनि थप गरेको छ ।

गत वर्षको फेब्रुअरीमा साओमी मोबाइल सफ्टवेयरले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन (डब्युआईपीओ) मा नयाँ प्याटेन्ट फाइल गरेको थियो । जसमा स्क्रिनको पछाडि रहेको कम्तीमा एउटा लेन्ससहितको फ्लिप क्यामेरा मोड्युल प्रविधिको प्याटेन्ट दर्ता थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४