close

‘नेपालको दूरसञ्चार क्षेत्रमा सबैभन्दा बढी लुट’

टेकपाना टेकपाना

जेठ १, २०७८ १६:३४

‘नेपालको दूरसञ्चार क्षेत्रमा सबैभन्दा बढी लुट’


काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले नेपालमा सबैभन्दा बढी दूरसञ्चार क्षेत्रमा लुट भएको आरोप लगाएका छन् ।

दूरसञ्चारमा स्वच्छ बजार नभएको बताउँदै उनले शिक्षा, स्वास्थ्यमा भन्दा पनि यो क्षेत्रमा उपभोक्ता बढी ठगिएको बताए ।

टेकपाना डटकमको आयोजनामा शनिबार जारी टेल्कोज पोलिजी डिबेट सिरिजअन्तर्गत दूरसञ्चार सेवामा गुणस्तर विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष बानियाँले सेवाकाे गुणस्तर, मूल्य, आपूर्ती, भ्रमपूर्ण विज्ञापन आदिले बारम्बार उपभोक्ता ठगिएको गुनासो गरे ।

उपभोक्ताको अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएपनि सरकार सेवाप्रदायकले जे भन्यो त्यही मान्ने कारिन्दा भएको आरोप लगाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४