close

भोलिदेखि ‘भीओएलटीई’ सेवा परीक्षण गर्दै टेलिकम

टेकपाना टेकपाना

जेठ २, २०७८ ७:५१

भोलिदेखि ‘भीओएलटीई’ सेवा परीक्षण गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) सेवा परीक्षण सुरु गर्ने भएको छ ।

कम्पनीले हाल उपलब्ध गरााइइहेको फोरजी/एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय आईटीयू दिवस – मे १७ अर्थात् भोलिदेखि देखि परीक्षण सुरु गर्न लागिएको हो,’ उनले भने । प्रयोगकर्ताका लागि परीक्षण सुरु गर्नुअघि टेलिकमले भीओएलटीईका लागि उपयुक्त मोबाइल सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ ।

गत पुसदेखि नै भीओएलटीई चल्नसक्ने मोबाइलका सम्बन्धमा कम्पनीले बारम्बार परीक्षण गर्दै आएको थियो । ‘अब भने प्रयोगकर्ताकै तहमा यो सेवा परीक्षण हुनेछ,’ अधिकारीले भने, ‘देशैभरका फोरजी प्रयोगकर्ताले सेवा लिन सक्नेछन् ।’

यो परीक्षण भीओएलटीईको व्यावसायिक सुरुवातका लागि महत्वपूर्ण हुने उनले बताए ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४