close

अब इन्स्टाग्राममा डेस्कटपबाट पनि पोस्ट गर्न सकिने

टेकपाना टेकपाना

जेठ २, २०७८ १०:५४

अब इन्स्टाग्राममा डेस्कटपबाट पनि पोस्ट गर्न सकिने

काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राममा चाँडै नै डेस्कटपबाट पोस्ट गर्न सकिने भएको छ ।

यसका लागि कम्पनीले वेब भर्सनका लागि नयाँ अपडेट ल्याउने तयारी गरेको छ । यसअघि इन्स्टाग्राम प्रयोगकर्ताले एपबाहेक मोबाइलको वेब भर्सनबाट पोस्ट गर्ने फिचर पाएका थिए ।

अब भने डेस्कटपका लागि पनि यो फिचर थप्ने तयारी गरिएकाे हाे । याे फिचरअन्तर्गत डेस्कटपबाटै नयाँ पाेस्ट गर्न, इमेज क्रप गर्न, फिल्टर अप्लाई गर्न र डिस्क्रिप्सन सेट गर्न सकिने फिचर उपलब्ध हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४