काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल आजियाटाले ‘कोभिड-१९ हटलाइट सेवा’ सुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँग सहकार्य गरी कम्पनीको यो सेवा सञ्चालनमा ल्याएकाे हाे ।
यसअन्तर्गत चौबिसै घण्टा संक्रमित र उनीहरूका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग निःशुल्क परामर्श लिन सक्नेछन् ।
साथै संक्रमित भएर घरमै आइसोलेसनमा बसेका संक्रिमतहरुका लागि विशेष रूपमा दैनिक परामर्श सेवा प्रदान गरिने जनाइएकाे छ । यसका लागि ९८०५५५४५०० मा फाेन गर्न सकिने व्यवस्था ल्याइएकाे छ ।