close

यस्तो छ चिनियाँ यानले मंगल ग्रहमा खिचेका दुई तस्वीर

टेकपाना टेकपाना

जेठ ६, २०७८ ९:२१

यस्तो छ चिनियाँ यानले मंगल ग्रहमा खिचेका दुई तस्वीर

काठमाडौं । केही दिनअघि मंगल ग्रहमा अवतरण भएकाे चिनियाँ यान जुराेङले त्यहाँबाट पहिलाे पटक तस्वीर सार्वजनिक गरेकाे छ । यसन्तर्गत एउटा ब्ल्याक एन्ड ह्वाइट र अर्काे तस्वीर कलरमा छ ।

चाइना नेश्नल स्पेस एडमिनिस्ट्रेसनले सार्वजनिक गरेकाे यी दुवै तस्वीरमा यानका अगाडि र पछाडिकाे भागका साथै नजीककाे पृष्ठभूमि देख्न सकिन्छ । रंगीन तस्वीरमा यानकाे पछाडि भाग, साेलार प्यानल, केही चट्टान र ल्याण्डिङ भागकाे सतह देख्न सकिन्छ । त्यस्तै सादा तस्वीरमा यानकाे अगाडिकाे भाग देख्न सकिन्छ ।

चिनियाँ यान बेइजिङको स्थानीय समयअनुसार आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । ६ वटा पाङ्ग्रा भएको जुरोङ रोबट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएकाे थियाे ।

याे यानकाे अवतरणसँगै अमेरिकापछि मंगल ग्रहमा यान पठाउने चीन दाेस्राे देश बनेकाे छ । याे मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् ।

सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ । पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।

रोबटमा जडान गरिएका क्यामराले तस्वीर खिच्ने र दिशा पत्ता लगाउन सहयोग गर्नेछन् भने अरू पाँच उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आँकलन गर्नेछन् ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१