close

सधैंका लागि बन्द हुँदै इन्टरनेट एक्सप्लोरर

टेकपाना टेकपाना

जेठ ८, २०७८ ९:२४

सधैंका लागि बन्द हुँदै इन्टरनेट एक्सप्लोरर

काठमाडौं । माइक्रोसफ्टको उत्पादनको रुपमा रहेको इन्टरनेट एक्सप्लोरको प्रयोग हामी सबैले गरेको हुनेपर्छ । इन्टरनेटको सुरुवाती चरणमा सर्चिङ ब्राउजरको रुपमा सबैभन्दा बढी प्रयोग हुने ‘इन्टरनेट एक्सप्लोर’ २६ वर्षपछि पूर्ण रूपमा बन्द हुँदै छ ।

यसको प्रयोगमा सबैको आ–आफ्नै अनुभव छन् । तर, पछिल्लो समय अन्य ब्राउजरले पाएको लोकप्रियताका कारण प्रयोगकर्ता गुमाउँदै गएका कारण कम्पनीले यसलाई बन्द गर्ने अप्रिय निर्णय लिएको हो ।

सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ । माइक्रोसफ्टका अनुसार माइक्रोसफ्ट ३६५ एप एण्ड सर्भिसले आगामी वर्षबाट इन्टरनेट एक्सप्लोरलाई सर्भिस उपलब्ध गराउने छैनन् ।

यसको विकल्पको रुपमा कम्पनीले पछिल्लो केही वर्षदेखि माइक्रोसफ्ट एजलाई अघि बढाएको छ । जुन अहिले विश्वको दोस्रो ठूलो वेब ब्राउजरको रुपमा स्थापित भइसकेको छ ।

सन् २०१५ मा कम्पनीले गूगल क्रोमको लागि बनाइएको क्रोमियम ओपन सोर्समार्फत माइक्रोसफ्ट एज बनाएको थियो । जसमा इन्टरनेट एक्सप्लोरको तुलानामा धेरै फिचर रहेका छन् । साथै यो प्रयोगकर्ता मैत्रीसमेत रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१