close

बिटक्वाइन माइनिङले नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्छ : ज्याक डोर्सी

टेकपाना टेकपाना

जेठ ८, २०७८ ११:८

बिटक्वाइन माइनिङले नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्छ : ज्याक डोर्सी

काठमाडौं । ट्वीटरका सीईओ ज्याक डोर्सीले बिटक्वाइनले नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्ने बताएका छन् । पछिल्ला दिनमा केही आलोचक र वातावरणविदले क्रिप्टोकरेन्सीको विपक्षमा मत दिइरहँदा डोर्सीले ट्वीटमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिटक्वाइनले अधिक विद्युत खपत गर्ने र इन्धन अभाव सिर्जना गर्ने चेतावनी आइरहँदा डोर्सीले वातावरणका लागि बिटक्वाइन सकारात्मक रहेको तर्क गरेका हुन् । आफ्नो अडानलाई समर्थन गर्न डोर्सीले आफ्नो अर्को कम्पनी स्क्वायरबाट एउटा नयाँ श्वेत पत्र नै सार्वजनिक गरेका छन् ।

याे श्वेतपत्रमा उनले बिटक्वाइन माइनिङले विश्वव्यापी ऊर्जाको संक्रमणलाई नवीकरणीय बनाउन अवसर प्रदान गर्ने उल्लेख गरेका छन् । साथै यसले सोलार सिस्टममा लगानी गर्न प्रोत्साहन गर्ने भनाइ पनि उनको छ ।

Bitcoin: Jack Dorsey, Elon Musk bat for Bitcoin as future of renewable  energy | International Business News - Times of India

डोर्सीको ट्वीट लाइक गर्ने १७ हजार ५ सय व्यक्तिमध्ये एउटा चाखलाख्दो रिप्लाई आएको थियो । ती व्यक्ति थिए टेस्लाका सीईओ एलन मस्क । उनले रिप्लाई लेखेका थिए ‘ट्रु’, अर्थात् ‘सत्य’ ।

केही समयअघि मस्कले क्रिप्टो फ्यान्समा महिनौंसम्म काम गरिरहेका थिए । गत फेब्रुअरीमा उनको टेस्लाले १.५ अर्ब डलरको बिटकोइन किनेको थियो र क्रिप्टोकरन्सीबाटै कम्पनीका इलेक्ट्रिक कारहरूको भुक्तानी गर्न सकिने घोषणा गरेका थिए ।

तर तीन महिनापछि मे १२ उनले बिटक्वाइन प्रयोग गरेर कार खरिद गर्ने यसअघिको घोषणा फिर्ता लिए । यसपछि लगातार क्रिप्टोकरन्सीको मूल्यमा गिरावट आइरहेको छ ।

रोचक कुरा त के भने एलन मस्कले बिटक्वाइन खानी र कारोबारका कारण विशेष गरी कोइलामा जीवाश्म इन्धनको बढ्दो प्रयोग हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘क्रिप्टोकरन्सी राम्रो आइडिया हो र यसको आशाजनक भविष्य छ, तर यो वातावरणको भविष्यका लागि चुनाैती बनेकाे छ,’ उनले भनेका थिए ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१