close

पहिलो आर्टिस्ट रोबोट ‘ए-डा’, जो बनाउँछिन् आफ्नै तस्वीर

टेकपाना टेकपाना

जेठ ८, २०७८ १३:१

पहिलो आर्टिस्ट रोबोट ‘ए-डा’, जो बनाउँछिन् आफ्नै तस्वीर

काठमाडौं । ए-डा विश्वकै पहिलो रोबोट आर्टिस्ट हुन्, जो बोल्न मात्र होइन, आफ्नो तस्वीर समेत बनाउँछिन् । उनले बनाएको पेन्टिङ लण्डनको एउटा प्रदर्शनीमा राखिएको छ ।

उनको यो चमत्कारबाट पक्कै पनि तपाईंको मनमा एउटा प्रश्न उठ्न सक्छ, आर्टिफिसियल इन्टेलिजेन्सको अर्को चरण कस्तो होला । उनी एआई अल्गोरिदम प्रयोग गरेर डिजाइन बनाउँछिन् ।

यसको अर्थ उनी अरु डिजाइनको साथै सेल्फी आर्टवर्क गर्न समेत सक्षम छिन् । द डिजाइन म्यूजियममा उनले बनाएको आफ्नो सेल्फीको डिजाइन प्रदर्शनीमा छ ।

बीबीसीका मिडिया तथा आर्ट कोअर्डिनेटर डेभिड सिल्लिटोले ए-डासँग ‘तपाईं एक आर्टिस्टको रुपमा आफूलाई कसरी लिनुहुन्छ’ भनेर प्रश्न गरेका थिए । जवाफमा उनले भनेकी छन्, ‘रचनात्मक कार्यमा मेरो रुचि छ । यस्तो काम, जसले मानिसहरुलाई सोच्नका लागि बाध्य पार्न सकोस् ।’

उनी प्रदर्शनीमा आउने दर्शकका प्रश्नहरुको जवाफ आफैं दिन्छिन् । उनका हरेक पेन्टिङ अलग अलग छन् । हामी भन्न सक्छौं कि उनको एउटा छुट्टै व्यक्तित्व छ ।

ए-डालाई बनाउने व्यक्तिले उनीसँग आफ्नो एकप्रकारको नाता रहेको महसुस गर्नेगरेको डिजाइन म्यूजियमकी क्यूरेटर प्रिया खानचदानी बताउँछिन् । भलै त्यो दोहोरो होस् वा नहोस् ।

पछिल्लो समय हामीलाई मसिन र मोबाइलसँग कुरा गर्ने बानी परिसकेको छ । तर रचनात्मक हुने विषय भिन्न हो । प्रविधिको क्षेत्रमा आगामी दिनमा के हुन्छ भन्ने कुरा हामी भन्न सक्दैनौं ।

ए-डा आफैंमा भविष्यको प्रविधि कस्तो हुन्छ भन्ने एउटा संकेत दिइरहेकी छिन् । यस किसिमको प्रविधिबाट के हामी साच्चिकै खुसी छौं भन्ने प्रश्नलाई समेत ए-डाको आर्ट वर्कले अहम बनाइदिएको छ ।

बीबीसीको रिपोर्टमा आधारित ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१