काठमाडौं । हाल ट्वीटरका ट्वीटमा तपाईंले लाइक र रिट्वीट गर्नेमात्रै अप्सन देख्नुहुन्छ । तर, अब भने चाँडै फेसबुकमा जस्तै विभिन्न रियाक्सन गर्ने विकल्प उपलब्ध हुने भएको छ । त्यसका लागि हाल ट्वीटरले काम गरिरहेको जनाइएको छ ।
रिसर्चर जेन म्यान्चु वाङले सार्वजनिक गरेको जानकारीअनुसार हाल ट्वीटर ‘लाइक’, ‘चियर्स’, ‘उम’, ‘स्याड’ र ‘हाहा’ रियाक्सन उपलब्ध गराउने तयारी गरिरहेको छ । जुन पूर्णरुपमा इमोजी जस्तै रहेका छन् । तर, ट्वीटरले भने ‘चियर्स’ र ‘स्याड’ इमोजीको लागि भने हालसम्म निर्णय गरी नसकेको समेत उल्लेख गरिएको छ ।
Twitter is working on Tweet Reactions view:
— Jane Manchun Wong (@wongmjane) May 28, 2021
“Likes”, “Cheer”, “Hmm”, “Sad”, “Haha”
The icons for the Cheer and Sad reactions are WIP and shown as the generic heart one at the moment https://t.co/ZCBhH8z7JR pic.twitter.com/dGqq1CzIis
वाङले सार्वजनिक गरेको स्क्रिनशट अनुसार ट्वीटरले विभिन्न रियाक्सन क्रमसः रुपमा उपलध गराउने छ । त्यसमध्ये ट्वीट कस्तो लाग्यो त्यो अनुसार रियाक्सन गर्न सकिने छ । भने, त्यसरी गरिएको रियाक्सन कति आयो भन्ने विषयको जानकारी समेत त्यहाँ देखिने जनाइएको छ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
