काठमाडौं । आजदेखि गुगलले गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हटाउँदै छ । अब हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गरी स्टाेरेज पाेलिसी कार्यान्वयनमा आउन लागेकाे हाे ।
याेसँगै गुगल अकाउन्टमा १५ जीबीभन्दा बढी स्टाेरेजकाे सुविधा हुनेछैन । यसअघि गुगल फाेटाेजका लागि अनलिमिटेड स्टाेरेज सुविधा थियाे । अब गुगल फाेटाेजसँगै, जीमेल र गुगल ड्राइभमा १५ जीबीसम्मका लागि मात्र निःशुल्क उपलब्ध हुनेछ ।
यसपछि गुगल फाेटाेजमा निरन्तर फाेटाे र भिडियाे ब्याकअप राख्न पैसा तिर्नुपर्छ । १५ जीबीभन्दा बढी फाइल ब्याकअप राख्दै हुनुहुन्छ भने तपाईंले एक महिनाका लागि १.९९ डलर र एक वर्षका लागि १९.९९ डलर तिर्नुपर्ने हुन्छ ।
याे शुल्कमा तपाईंले १०० जीबीसम्म फाइल स्टाेर गर्न सक्नुहुन्छ ।
यदि गुगलको पिक्सेल फाेन चलाउनुहुन्छ भने तपाईं चैं भाग्यमानी बन्नुहुनेछ । किनकि पिक्सेल फाेन प्रयोगकर्ताले जून महिनापछि पनि निरन्तर अनलिमिटेड स्टोरेजको मज्जा लुट्न पाउनेछन् ।
याे पनि पढ्नुहाेस् :
गुगल फोटोजमा कति स्पेस बाँकी छ ? यसरी चेक गर्नुहोस्
गुगल अकाउन्टको स्टोरेज फुल भयो ? यसरी गर्नुहोस् खाली
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
