close

जून १८ मा सार्वजनिक हुने तरखरमा मोबाइल ब्याटलग्राउण्ड इण्डिया

टेकपाना टेकपाना

जेठ १९, २०७८ १९:५५

जून १८ मा सार्वजनिक हुने तरखरमा मोबाइल ब्याटलग्राउण्ड इण्डिया

काठमाडौं । पब्जीको भारतीय भर्सन ब्याटलग्राउण्ड मोबाइल कहिले सार्वजनिक हुन्छ भन्ने विषय सबैका लागि पर्खाइको विषय बन्दै आएको छ । आधिकारिक रुपमा कम्पनीले यो विषयमा हालसम्म कुनै जानकारी भने दिएको छैन । तर, हाल प्राप्त जानकारीअनुसार उक्त गेम यही जून १८ तारिखमा सार्वजनकि हुनसक्ने जनाइएको छ ।

गेममा केही कुरा फाइनल गर्नुपर्ने भएकाले अबको दुई हप्ताभित्र सार्वजनिक हुनसक्ने जनाइएको हो । गेमर म्याक्सटर्नले ट्वीटमार्फत ब्यालटलग्राउण्ड मोबाइल इण्डिया आउँदो जून १८ मा सार्वजनिक हुने संकेत गरेका छन् ।

हाल यो गेम प्ले स्टोरमा प्रि-रजिस्ट्रेसनका लागि खुला गरिएको छ । प्रि-रजिस्टर गर्ने प्रयोगकर्ताले रिवार्डको रुपमा रिकेन माक्स, सेलिब्रेसन एक्पर्ट टाइल र ३००एजी प्राप्त गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३