close

एप्पलका कर्मचारीले सेप्टेम्बरदेखि हप्तामा तीन दिन कार्यालयबाट काम गर्नुपर्ने

टेकपाना टेकपाना

जेठ २०, २०७८ १५:४७

एप्पलका कर्मचारीले सेप्टेम्बरदेखि हप्तामा तीन दिन कार्यालयबाट काम गर्नुपर्ने

काठमाडौं । एप्पलका सीईओ टिम कुकले आउँदो सेप्टेम्बरदेखि कर्मचारी कार्यालयमै उपस्थित भएर काम गरेको हेर्न चाहेको बताएका छन् । उनले कर्चमारीहरुलाई ईमेल पठाउँदै आउँदो सेप्टेम्बर अर्थात् समरको अन्त्यसँगै कर्मचारीलाई कार्यालय फर्किन आग्रह गरेको हुन् ।

उनले हप्ताको तीन दिन कार्यलय उपस्थित भएर र बाँकी दिन घरबाटै काम गर्नसक्ने उल्लेख गरेका छन् । यसअघि कोरोना माहामारीका कारण एप्पलले आफ्ना सम्पूर्ण कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाएको थियो ।

लामो समयदेखि घरबाटै काम गरिरहेका कर्मचारीलाई अब भने हप्तामा तीन दिन भएतापनि कार्यालयमा उपस्थित हुन उनले ईमेल गरेका हुन् । ‘विगत डेढ वर्षदेखि केही ‘मिस’ भइरहेको छ । हामी केही उपलब्धि हासिल गर्न चाहन्छौं । त्यसका लागि सहकार्य र उपस्थिति आवश्यक छ,’ उनले पठाएको ईमेलमा लेखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३