close

एकै पटक अब चार वटा डिभाइसमा ह्वाट्सएप प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

जेठ २०, २०७८ १७:५३

एकै पटक अब चार वटा डिभाइसमा ह्वाट्सएप प्रयोग गर्न सकिने

काठमाडौं । अब ह्वाट्सएप एकैपटक चारवटा डिभाइसमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि कम्पनीले मल्टिपल–डिभाइस सपोर्ट सिस्टम आउँदो महिनादेखि उपलब्ध गराउने तयारी गरेकाे छ ।

पहिलो चरणमा बेटा भर्सनमा यो फिचर उपलब्ध हुनेछ । उक्त भर्सनमा आएको प्रतिक्रियाको आधारमा आवश्यक परिमार्जन गरी सबै प्रयोगकर्तामाझ उपलब्ध गराउने छ ।

वाबेटा इन्फोसँगको अन्तरवार्तामा बोल्दै फेसबुकका सीईओ मार्क जुकरबर्गले यो विषयमा जानकारी दिएका हुन् । उनले आईप्याडका लागि ह्वाट्सएपको एप निर्माणको क्रममा रहेको समेत बताए ।

जुकरबर्गले मल्टी डिभाइस सपोर्टका साथै ‘भ्यू वान्स’ अर्थात कसैले पठाएको म्यासेज एकपटक हेरेसँगै म्यासेज हराउने छ । यो फिचर सबै म्यासेजमा प्रयोगकर्ताले आफुले चाहे अनुसार मिलाउन सक्नेछन् ।

मल्टीपल डिभाइस सपोर्टमा पनि ह्वाट्सएप पूर्णरुपमा सुरक्षित हुने उनले बताएका छन् । उनका अनुसार यो फिचरमा पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन उपलब्ध हुनेछ ।

यसरी चा। ओटै डिभाइसमा म्यासेज एकै पटक रिफ्रेस हुँदा ब्याट्री खपत धेरै हुने भएकाले त्यसको पनि समाधानसहित काम भइसकेको जुकरवर्गले बताएका छन् । उनले आवश्यक सम्पूर्ण प्रक्रिया सकिएकाले चाँडै यो फिचर लाइभ हुने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३