close

एप्पलले ल्याउन लागेको पासवर्डलेस फिचर के हो ?

टेकपाना टेकपाना

जेठ २९, २०७८ १६:५१

एप्पलले ल्याउन लागेको पासवर्डलेस फिचर के हो ?

काठमाडाैं । गत वर्ष एप्पलले आफ्ना प्रयाेगकर्तालाई गरेकाे वाचा यस वर्षकाे वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्समार्फत पुरा गरेकाे छ । कन्फ्रेन्सकाे “मुभ बियाेन्ड पासवर्डस्” सेसनमार्फत एप्पलले कुनै पासवर्ड बिना नै वेबसाइट अथवा एपमा साइन अप गर्न सकिने फेस आईडी र टच आईडी प्रविधि सार्वजनिक गरेकाे हाे ।

‘पासकिज’ नाम दिइएकाे याे प्रविधिमार्फत प्रयाेगकर्ताले कुनै वेबसाइटमा साइन अप गर्न पासवर्ड हाेइन, आफ्नाे फेस आईडी अथवा टच आईडी प्रयाेग गर्न सक्नेछन् । याे फिचर सपाेर्ट गर्ने वेबसाइटमा रजिष्टर गर्न आफूले चाहेकाे युजरनेमसँग पासवर्ड नभई अब फेस आईडी वा टच आईडी प्रयाेग गर्न सकिनेछ ।

याे सुविधा एप्पलले आईफाेन, आईप्याड र म्याकमा यही वर्षकाे अन्त्यतिर परीक्षण गर्ने बताएकाे छ ।

‘पासकिज’ प्रविधि आईक्लाउड इकाेसिस्टमकाे एउटा भाग हाे, जुन फिडाे अर्थात फास्ट आइडेन्टिटी अनलाइन अलाइन्सकाे वेब अथेन्टिकेशन प्राेटाेकलमा आधारित छ । एप्पल गत वर्षमात्रै अलाइन्समा पासवर्ड फ्री अथेन्टिकेसन सपाेर्टकाे लागि सामेल भएकाे थियाे ।

एप्पलका अनुसार याे मेथाेड अथेन्टिकेसनका लागी एकदमै सुरक्षित छ र यसले फिशिङ आक्रमणबाट जाेगिन पनि मद्दत गर्दछ । यद्यपि याे प्रविधि एप्पलकाे इकाेसिस्टमभन्दा बाहिरकाे डिभाइसमा भने प्रयाेग गर्न मिल्ने छैन । यदि प्रयाेगकर्ताले अरु नै डिभाइसमा एप्पल आईडी प्रयाेग गर्दैछन् भने, त्यसका लागि पासवर्ड प्रयाेग गर्नुपर्नेछ ।

गुगल र माइक्राेसफ्टमा भने पहिलेदेखि नै लगइनकाे लागि पासवर्ड बिनाकाे बायाेमेट्रिक अथेन्टिकेशन अथवा युबीकाे जस्ताे हार्डवेयर की काे प्रयाेग हुँदै आएकाे छ । मार्च महिनामा माइक्राेसफ्टले सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार हाल करिब २० कराेड अकाउन्टमा पासवर्ड विनाकाे लगइन मेथाेड प्रयाेग हुँदै आइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१