close

बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरूद्ध नहुने

टेकपाना टेकपाना

असार ३, २०७८ १६:५७

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधकिरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा नियमित रुपमा सुचारु राख्न हरसम्भव प्रयास भइरहेको जनाएको छ । प्राधिकरणले बिहीवार जारी गरेकाे सूचनामा दूरसञ्चार सेवालाई निरन्तर सञ्चालन गर्न सबै सेवाप्रदायकले हरसम्भव प्रयास गरिरहेकाे उल्लेख छ ।

‘बाढी तथा पहिरोमा परी हालसम्म दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति भएको विषयमा कुनै जानकारी प्राप्त भएको छैन,’ प्राधिकरणकाे सूचनामा भनिएको छ, ‘तर त्यस्ता क्षेत्रमा विद्युत अवरुद्ध भएकाले दूरसञ्चार सेवा सञ्चालनमा समस्या आएको छ ।’

यस्ताे अवस्थामा पनि सेवाप्रदायकहरु आफ्नो सेवालाई निरन्तर उपलब्ध गराउन हरसम्भव प्रयास भइरहेकाे जनाइएकाे छ । साथै कुनै क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भए तत्कालै प्राधिकरणमा जानकारी गराउनसमेत आग्रह गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८१ ११:१९