सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड, राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको आधारभूत परिचयपत्र बनाइने
जेठ १५, २०८३ १८:७
काठमाडौँ । सरकारले सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागु गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कार्यालयहरूमा डिजिटल टाइम कार्ड लागु गर्ने र राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचयपत्रको रूपमा प्रयोग गर्ने योजना सुनाए ।
अर्थमन्त्री वाग्लेले भने, “हेलो सरकार संयन्त्रलाई सरकार-नागरिक संवादको प्लेटफर्मको रूपमा विकास गर्नेछौँ । सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागु गर्नेछौँ । राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचयपत्रको रूपमा प्रयोग गर्दै मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौँ ।”
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १८:७
