ओकाठमाडौं । क्लबहाउसले आफ्ना केही प्रयोगकर्तालाई नयाँ फिचर दिएर अच्चमित बनाएको छ । तर, त्यो लामो समयलाई भने थिएन । केही समयका लागि उपलब्ध भएको साे फिचरबाट आगामी दिनमा क्लबहाउसले ‘डाइरेक्ट म्यासेज’ फिचर ल्याउने तयारी गरेको अनुमान गरिएको छ ।
प्रयोगकर्तालाई विभिन्न माध्यममार्फत जोड्ने प्रयासको रुपमा कम्पनीले अब एपमा डाइरेक्ट म्यासेज थप गर्ने तयारी गरेकाे विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यमले लेखेका छन् । याे फिचरमार्फत् प्रयोगकर्ताले क्लबहाउसमा जोडिएका साथिभाइसँग म्यासेजमार्फत पनि कुराकानी गर्न सक्नेछन् ।
यो विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी भने दिएको छैन । जो प्रयोगतर्कामाझ केही समयको लागि उक्त फिचर उपलब्ध भएको थियो, उनीहरुले उक्त फिचरको स्क्रिन रेकर्ड शेयर गरेका छन् । उनीहरुले यो झुक्किएर उपलब्ध भएको अपडेट हुनसक्ने बताएका छन् ।
Wow looks like accidental update of @clubhouse enabled in app backchannel & switch of side bar & full experience.
Seems it’s rolled back now but from what I saw it was beautiful!!
— Brian Fanzo ? Keynote Speaker $ADHD (@iSocialFanz) June 18, 2021
जसमा ‘डाइरेक्ट म्यासेजको’ सिंग्नल उपलब्ध रहेको छ । भने, उक्त फिचरमा क्लिक गर्दा ‘ब्याकच्यानल’ भनी देखाइएको छ । जसको तल लेखेर म्यासेज गर्न सकिने फिचर उपलब्ध रहेको जनाइएको छ ।
यो फिचर कहिलेबाट प्रयोगकर्तामाझ उपलब्ध हुनेछ भन्ने विषय यकिन छैन । तर, प्रयोगकर्तामाझ आकस्मिक रुपमा आएका कारण चाँडै नै याे फिचर उपलब्ध हुने अपेक्षा भने गर्न सकिन्छ ।