काठमाडौं । आईफोनको वाईफाई नेटवर्कलाई असमान्य नाम दिदाँ त्यसले वाईफाई कनेक्सनलाई नै ब्रेक गर्नसक्ने कुरा बाहिरिएको छ । व्लिपिङ कम्प्युटर र एप्पल इन्साइडरका अनुसार सुरक्षा अनुसन्धानकर्मी कार्ल शोउले आईफोनमा भएको बग पत्ता लगाएका छन् ।
आफ्नो फोनमा वाईफाईको नाम असमान्य रुपले राख्दा त्यसले वाईफाई कनेक्सनमा समस्या आएको बताएका छन् । उनले आफ्नो फोनको वाईफाई हटस्पटको नाम “%p%s%s%s%s%n” राखेका थिए । उनले यो समस्या आईफोन एक्स एसमा पत्ता लगाएका थिए ।
उनले सो वाईफाई अन्य एप्पल डिभाइसहरुमा पनि प्रयोग गर्न खोज्दा अन्य डिभाइसमा पनि वाईफाई डिसेबल भएपछि उनले यो बग पत्ता लगाएका हुन् । तर यो समस्या समाधान नै गर्न नसकिने भन्ने पनि होइन ।
वाईफाई नेटवर्कमा त्यसरी समस्या आएको खण्डमा सेटिङलाई रिसेट गरेर समस्या समाधान गर्न सकिन्छ । त्यसको लागि वाईफाई सेटिङमा गएर जेनरल अपशनमा भएको रिसेटमा क्लिक गरेर समस्या समाधान गर्न सकिन्छ । हेर्दा समस्या सामान्य लागे पनि यसले अन्य समस्याहरु पनि निम्त्याउन सक्ने व्लिपिङ कम्प्युटरको भनाइ छ ।
After joining my personal WiFi with the SSID “%p%s%s%s%s%n”, my iPhone permanently disabled it’s WiFi functionality. Neither rebooting nor changing SSID fixes it :~) pic.twitter.com/2eue90JFu3
उनको उक्त भिडियो भाइरल बन्दै गएपछि धेरै विज्ञले यसमा एप्पल वाइफाइको नाम प्रतिशतबाट सुरु भएकाले झुक्किएको हुन सक्ने बताएका छन् । उनीहरुले आईफोनले उक्त नामलाई वाइफाइको नाम मात्रै नभएर एउटा कमाण्ड सिंग्नल भएको अनुमानमा वाईफान सिस्टम नै उडाउने अथवा फोन नै क्रयास हुने खालको समस्या भएको हुन सक्ने जनाइएको छ ।
व्लिपिङ कम्प्युटरका अनुसार आईओएस “%” चिन्हलाई सही तरिकाले ठम्याउन नसक्दा यो समस्या आएको हुन सक्छ ।
इनग्याजेटका अनुसार यो समस्यालाई एप्पलले नयाँ समस्या नरहेको र पहिले पनि यस्ता चिन्हसँग सम्बन्धित समस्याहरु देखिएको बताएको छ । यो कमजोरीको फाइदा उठाएर केहि मान्छेहरुले सार्वजनिक हटस्पटको नाममा कसैको आईफोनको वाईफाई सेटिङ ब्रेक गरिदिन सक्छन् ।
यसर्थ सार्वजनिक वाईफाई नेटवर्कहरुमा आफ्नो फोन कनेक्ट नगर्नु अथवा असामान्य रुपमा नाम भएको वाईफाईमा फोनको वाईफाई कनेक्ट नगर्नु नै सुरक्षित हुन्छ ।