close

प्राध्यापकले नै बहिष्कार गरे त्रिविको अनलाइन कक्षा

टेकपाना टेकपाना

असार ११, २०७८ १६:१३

प्राध्यापकले नै बहिष्कार गरे त्रिविको अनलाइन कक्षा

काठामाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले अनलाइन कक्षा बहिष्कार गरेका छन् । त्रिविले सम्झौता अनुसार आफूहरुको माग पुरा नगरेको भन्दै आंशिक प्राध्यापक संघले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

२०७७ को पौषमा शिक्षण सहायकको सेवा सुविधा पाउने गरी व्यवस्थापन गर्ने सम्झौता कार्यान्वयन नभएको उल्लेख गर्दै त्रिवि आंशिक प्राध्यापक संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अनलाइन कक्षा बन्द गरिएको उल्लेख छ ।

‘संघको केन्द्रीय समितिको बैठकले केन्द्रीय विभाग/प्राविधिक तथा सम्पूर्ण आंगिक क्याम्पसका अनलाइन कक्षाहरु हाम्रो सम्झौता कार्यन्वयन नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ,’ यसबाट विश्वविद्यालयलाई पर्न जाने क्षतिप्रति विश्वविद्यालयका पदाधिकारी नै जिम्मेवार हुनेछन् ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५