close

पोडकास्ट होस्टिङ प्लेटफर्म ‘आर्ट १९’ खरिद गर्दै अमेजन

टेकपाना टेकपाना

असार १२, २०७८ ११:५३

पोडकास्ट होस्टिङ प्लेटफर्म ‘आर्ट १९’ खरिद गर्दै अमेजन

काठमाडौं । अमेजनले पोड्कास्ट होस्टिङ प्लेटफर्म आर्ट १९ खरिद गर्ने भएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै अमेजनले आर्ट १९ खरिद गर्ने घोषणा गरेको हो । यद्यपि कति रकममा खरिद गर्न लागेको भन्ने कुरा चाहिँ खुलाइएको छैन ।

अब अमेजन प्रयोगकर्ताहरुले विज्ञापनसहितको पोडकास्ट प्रसारण गर्न पाउनेछन् । तत्कालका लागि आर्ट १९ मा भएका फिचरहरुमा कुनै परिवर्तन गरिने छैन । यो अमेजनको पोडकास्टिङ क्षेत्रमा उल्लेखनीय सुरुवात हुनेछ ।

अमेजन म्युजिकले गत सेप्टेम्बर महिनामा वनडेरी पोडकास्ट नेटवर्कलाई खरिद गरेर पोडकास्टको सुरुवात गरेको थियो ।

आर्ट १९ को खरिदसँगै भने अब सामग्री तयार गर्ने र प्रसारण गर्ने मात्र होइन, पोडकास्ट होस्ट गर्ने, गराउने र पोडकास्टमा विज्ञापन राख्न पनि सकिन्छ । यसअघि पनि अमेजन म्युजिकले अडियो विज्ञापनहरु गरिरहेको थियो । यसर्थ आर्ट १९ को खरिदले अमेजन म्युजिकलाई अझ परिस्कृत बनाउने देखिन्छ ।

योभन्दा अगाडि स्पोटिफाईले पनि यसरी नै सुरुमा कन्टेन्टसँग सम्बन्धित कम्पनीहरु जिमलेट मिडिया र पारकास्ट खरिद गरेर पछि पोडकास्ट खरिद गरेको थियो । अडियोको बजारमा मेगाफोन आर्ट १९ को एउटा राम्रो प्रतिस्पर्धी थियो । यसरी नै अन्य कम्पनीहरुले पनि अरु कम्पनीहरु खरिद गरेर पोडकास्टमा विज्ञापन बजार व्यवस्थापन गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५