close

एक मिनेटमै ९ अर्ब २० कराेड मूल्यको अनर पी५० सिरिज बिक्री

टेकपाना टेकपाना

असार १४, २०७८ १२:१२

एक मिनेटमै ९ अर्ब २० कराेड मूल्यको अनर पी५० सिरिज बिक्री

काठमाडौं । स्मार्टफोन ब्राण्ड अनरले चिनियाँ बजारमा हालै अनर पी ५० सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत कम्पनीले अनर ५० र अनर ५० प्रो गरी दुई मोडलका स्मार्टफोन बजारमा उपलब्ध गराएको छ ।

कम्पनीले यी सिरिज बिक्रीका लागि राखेकाे एक मिनेटमै ५० करोड यूआन अर्थात् करिब ९ अर्ब २० कराेड ४८ लाख रूपैयाँ बराबरको फोन बिक्री भएकाे जानकारी दिएकाे छ ।

यी मोडल हाल पूर्ण रूपमा चीनमा उपलब्ध छन्, तर कम्पनीले चाँडै नै युरोपेली बजारमा पनि सार्वजनिक गर्ने योजना ल्याएको छ ।

ह्वावेबाट छुट्टिएर एउटा स्वतन्त्र कम्पनीको रुपमा अघि बढेसँगै कम्पनीले ‘अनर ५०’ र ‘५० प्रो’ मा गुगल सर्भिस प्रयोग गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५