close

ह्वाट्सएपबाट फोटो पठाउँदा क्वालिटी घट्यो ? अब आउँदै छ नयाँ फिचर

टेकपाना टेकपाना

असार २०, २०७८ २१:०

ह्वाट्सएपबाट फोटो पठाउँदा क्वालिटी घट्यो ? अब आउँदै छ नयाँ फिचर

काठमाडौं । ह्वाट्सएप विश्वव्यापी रुपमा सबैभन्दा प्रयोग भएको म्यासेजिङ एप हो । व्यक्तिगतका साथै साथै व्यवसायिक कुराकानीका लागि यो एपको प्रयोग उल्लेख्य रुपमा हुँदै आएको छ । यसमा उपलब्ध इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचरका कारण पनि प्रयोगकर्ताले ह्वाट्सएपलाई सुरक्षित माध्यमको रुपमा प्रयोग गर्दै आएका छन् ।

अर्कोतर्फ यो एप भिडियो फाइल शेयर गर्नका लागि पनि उपयाेगी मानिन्छ । किनभने, ह्वाट्सएपले मिडिया फाइल पठाउँदा त्यसको साइज घटाएर पठाउने हुँदा चाँडै जाने र डाउनलोड गर्न पनि सहज हुने गर्छ । ह्वाट्सएपको यो फिचर केही रुपमा राम्रै पनि हो । तर, क्वालिटी घटेर जाने हुँदा धेरैले यो फिचर मन पराएका छैन् ।

त्यसैलाई मध्यनजर गर्दै अब ह्वाट्सएपले नयाँ फिचर उपलब्ध गराउने भएको छ । ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था वावेटा इन्फोका अनुसार फेसबुकले अब ह्वाट्सएपमार्फत फोटा पठाउँदा क्वालिटी छनोट गरेर पठाउन सकिने भएको छ ।

यो फिचर कम्पनीले बेटा भर्सनमा सार्वजनिक गरेको छ । हाल केही प्रयोगकर्तालाई यो भसर्न उपलब्ध भएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३