close

दूरसञ्चार प्राधिकरणको बजेट साढे १४ अर्ब बढी, नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षाका परियोजना

टेकपाना टेकपाना

असार २४, २०७८ ११:२

दूरसञ्चार प्राधिकरणको बजेट साढे १४ अर्ब बढी, नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षाका परियोजना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि १४ अर्ब ६७ करोडको बजेट पारित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणबाट पठाएको बजेटमा आवश्यक अध्ययन गरी स्वीकृति प्रदान गरेको हो । जसमा नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षासम्मका परियोजनालाई प्राथामिकताका साथ राखिएको छ ।

यसअघि प्राधिकरणले आगामी आवका लागि वार्षिक कार्यक्रम तय गरी मन्त्रालयमा पठाएको थियो । त्यसमा मन्त्रालयले आवश्यक परिमार्जन गर्दै बजेट स्वीकृत गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मन्त्रालयले स्वीकृत गरेको बजेटमा विभिन्न परियोजना छन् । जसमा ग्रामीण दूरसञ्चार विकास कोष र प्राधिकरणको कोषबाट सञ्चालन हुने आयोजना समेटिएका छन् ।

यसको अर्थ मन्त्रालयले पास गरेको बजेटमा प्राधिकरणको प्रशासनिक खर्चलाई समेटिएको छैन । अब प्राधिकरणले उक्त बजेटमा काम गरेर प्राधिकरण बोर्डमा प्रस्तुत गर्नेछ र बोर्डबाट पास भएपछि बजेट कार्यान्वयनमा जानेछ । त्यो हुँदा मन्त्रालयको स्वीकृत गरेको बजेटमा थप १० करोडकोे हाराहारीमा बजेट थप हुनसक्ने आँकलन प्राधिकरणको छ ।

प्राधिकरणले ल्याएको आगामी आर्थिक वर्षको कार्यक्रममा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन, नियम तथा रणनीतिक योजना तयार गर्ने याेजना समेटिएकाे छ ।

दूरसञ्चार नीति, ब्रोडव्याण्ड नीति र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकीकृत गरी नयाँ सूचना प्रविधि नीति तयार गर्ने, ६६ जिल्लाका सम्पूर्ण सामुदायिक क्याम्पस तथा सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट दूरसञ्चार प्राधिकरणको बजेट साढे १४ अर्ब बढी, नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षाका परियोजना पुर्‍याउने लगायतका विषय समेटिएको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकामहरुमा पूर्व-पश्चिम जोड्ने राजमार्ग, उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने, दूरसञ्चार सेवाको पहुँच नपुगेका स्थानमा सेवा विस्तार गर्ने, सहरी क्षेत्रमा अव्यवस्थित रुपमा रहेका केवल तथा तारलाई व्यवस्थित गर्ने, इन्टरनेसनल इन्टरनेट गेटवे र डोमेस्टिक नेसनल नेटवर्कहरुको साइबर सुरक्षा प्रणाली स्थापना गर्ने लगायतका विषयलाई समेटिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३